काठमाडौं । हुन्डाईले आफ्नो नयाँ माइक्रो एसयूभीको नाम ‘क्यास्पर’ अनुमान सुरु भएको छ । कोरियन मिडिया डेलीकारले हुन्डाईको माइक्रो एसयूभीको नाम क्यास्पर रहने रिपोर्ट सार्वजनिक गरेको हो ।
सन् २०२२ को पहिलो क्वाटरसम्ममा विक्री सुरु हुने अपेक्षा गरिएको नयाँ मोडलको स्पाई तस्विरहरु बाहिर आएका छन् । नयाँ माइक्रो एसयूभी ग्राण्ड आई १० नियोसको प्ल्याटफर्ममा आउन लागेको हो ।
‘एएक्स वान’ कोण नेममा उत्पादन भइरहेको यो एसयूभी ४ मिटरभन्दा छोटो हुने छ । हुन्डाई भेन्यूभन्दा केहि छोटो साइजमा आउने नयाँ एसयूभी कोरियामा परिक्षणको क्रममा धेरै पटक देखिएको थियो । छोपिएको अवस्थामा देखिएका तस्विरले पनि नयाँ एसयूभी ग्लोवल प्रिमियरको लागि तयार भएको देखाउँछ ।
कम्पनीले बाहिर ल्याएको तस्विरलाई आधार मान्ने हो भने नयाँ एसयूभीमा अगाडि स्प्लीट हेडल्याम्प, बम्परमा गोलो आकारमा प्रोजेक्टर हेडल्याम्प उपलब्ध रहने अनुमान गर्न सकिन्छ ।
तस्विरमा पछाडिको लाइट पनि देखाइएको छ । ट्रयाङ्गुलर आकारमा देखिएको टेल लाइट निकै आकर्षक रहेको छ । पछाडि बम्परमा पनि थप लाइट रहने अनुमान गर्न सकिन्छ । हुन्डाईले सन् २०१८ मा उत्पादन घोषणा गरेको थियो ।

