लेभ्नीङका चार स्कुटर र दुई मोडलका साइकलको विक्री सुरु (मूल्यसहित)

काठमाडौं । इलेक्ट्रीक स्कुटर लेभ्नीङको आधिकारिक विक्रेता परिर्वतन भएको छ । यसअघि जम्बो इको भेहिकलले विक्री गर्दै आएको इलेक्ट्रीक स्कुटरको आधिकारिक वितरकमा इभी नेपाल मोटर्स नियुक्त भएको हो ।

हालै आधिकारिक वितरकमा नियुक्त भएको इभी मोटर्स नेपालले काठमाडौंको नक्साल नारायण चौरमा पहिलो शोरुमा स्थापना गरेको छ । कम्पनीले नक्साल स्थीत शोरुमबाट आधिकारिक विक्री वितरण समेत सुरुगरी सकेको छ ।

इभी मोटर्स प्रालिले पहिलो चरणमा विभिन्न ४ मोडलको स्कुटर र दुई मोडलको इलेक्ट्रीक साइकल समेत विक्री सुरु गरेको छ । निकट भविष्यमा नै कम्पनीले इ कर्मस व्यवसायलाई मध्यनजर गर्दै डेलिभरीका लागि उपयुक्त हुने स्कुटर नेपाल ल्याउन लागेको कम्पनीका मार्केटिङ हेड समिर ढुङ्गानाले मेरोअटोलाई बताए ।

ढुङ्गानाका उनका अनुसार कम्पनीले चाँडै नै थप अन्य मोडलका स्कुटर नेपाल आउने छ । कम्पनीले अहिले एलएक्स ०१, एलएक्स ०२, एलएक्स ०४, एलएक्स ०५ को विक्री सुरु गरेको हो । साथै, एलएक्स ०६ र एलएक्स ०५ डी नेपाल ल्याउने तयारी भइरहेको छ ।

लेभ्नीङका सबै जसो स्कुटरमा समान मोटर र व्याट्रीको प्रयोग गरिएको छ । एलएक्स ०१ र एलएक्स ०५ मा समान २.०२ किलोवाट मोटर रहेको छ । यी दुबै स्कुटरमा ६० भोल्ट, २६ एम्पीयर लिथियम आयन व्याट्री रहेको छ । त्यस्तै एलएक्स ०२ मा २.०५ किलोवाटको मोटर, एलएक्स ०४ मा १.४४ किलोवाट र एलएक्स ०६ मा २.०३ किलोवाटको मोटर रहेको छ ।

स्कुटरमा रहेको व्याट्रीलाई फुल चार्ज गर्न ६ घन्टा लाग्छ । यसले ७५ किलोमिटरदेखि १५० किलोमिटरसम्म रेञ्ज प्रदान गर्छ । यी सबै स्कुटरमा डबल व्याट्री अप्सन उपलब्ध रहेको छ । सबै स्कुटरको टप स्पीड ४५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

लेभ्नीङका स्कुटरमा पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा अब्बल रहेका छन् भने, यसमा प्रयोग भएका पार्टस् संसारकै उत्कृष्ट कम्पनीका छन् । यसमा जर्मन कम्पनी बस मोटर, सामसङ र एलजीका व्याट्री प्रयोग भएको छ ।

यी स्कुटरमा लिथियम आयोजन पोलिमर ई७ सिरिजको संसारको सबैभन्दा पछिल्लो प्रविधिको सामसुङ ब्याट्री जडान गरिएको छ । यी स्कुटरमा ड्यूल ब्याट्री अप्सन रहेकोले १५० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने कम्पनीले जनाएको छ ।

यसमा वातावरण अनुसार उज्यालो दिने एलइडी हेडलाइट, रियर एन्ड फ्रन्ट डिस्क ब्रेक, आईपी ६५ वाटर प्रुफिङ, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम, एलइडी लाइट, ब्लुटुथ कनेक्टिभिटी, एन्टी थेप्ट अर्लाम, कि-लेस स्र्टाट, साइड स्ट्याण्ड सेन्सर, तीन राइड मोड जस्ता फिचर उपलब्ध रहेका छन् ।

यसमा भएको फेलर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पीड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउँछ ।

लेभ्नीङ एलएक्स ०१ र एलएक्स ०२ को मूल्य समान २ लाख ४९ हजार रुपैयाँ रहेको छ । त्यस्तै एलएक्स ०४ को मूल्य २ लाख ९ हजार रुपैयाँ र एलएक्स ०५ को मूल्य २ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, साइकलतर्फ एफ ०३ को मूल्य ७९ हजार रुपैयाँ र एम ०४ को मूल्य १ लाख ९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top