स्कोडाले कुशकभन्दा कम मूल्यको एसयूभी ल्याउने

काठमाडौं । स्कोडाले भारतमा सब फोर मिटर एसयूभी उत्पादन गर्ने भएको छ । केही दिनअघि मात्रै कम्प्याक्ट एसयूभी कुशक बजारमा ल्याएको स्कोडाले त्यो भन्दा सानो साइजमा अर्को एसयूभी ल्याउने भएको हो ।

स्कोडाले सन् २०२३ बाट विक्री सुरु गर्ने लक्ष्यसहित सब फोर मिटर एसयूभी निर्माणमा काम सुरु गरेको रिपाेर्ट बाहिर आएको छ । कम्पनीले यसलाई प्रोजेक्ट २.५ अन्तर्गत निर्माण गर्नेछ । विशेषत भारतीय बजारलाई ध्यानमा राख्दै फक्सवागेन ग्रुपले ल्याउने यो एसयूभी स्कोडा र फक्सवागेन दुबै ब्राण्ड नेममा आउने छ ।

९५ प्रतिशत पाट्स भारतमा नै उत्पादन गरेर यो एसयूभी निर्माण गर्ने जनाइएको छ । कम्पनीले ल्याउने यो एसयूभीले बजारमा मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, किया सेल्टोस जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ । फक्सवागेन ग्रुपले भारतमा आफ्नो अहिले रहेको बजार हिस्सा १.५ प्रतिशतलाई बढाएर सन् २०२५ सम्ममा ५ प्रतिशत पुर्याउने योजना अन्तर्गत सब फोर मिटर एसयूभी ल्याउन लागेको हो ।

याे पनि पढ्नुहाेस्: नेपाली सडकमा देखियो स्कोडा कुशक, साउन ११ गतेबाट विक्री सुरु हुने

याे पनि पढ्नुहाेस्: यस्तो छ स्कोडाको नयाँ एसयूभी कुशकको ५ भेरियन्टको मूल्य


Back_to_top