टाटा अल्ट्रोज इभी फुलचार्जमा ५०० किमिसम्म चलाउन सकिने

काठमाडौं । टाटा मोटर्सले सन् २०२० अटो एक्स्पोमा देखाएको अल्ट्रोज इभीलाई दुई व्याट्री अप्सनमा ल्याउने भएको छ । कम्पनीले सानो साइजको व्याट्री अप्सनमा नेक्सनमा रहेको ३०.२ किलोवाटको व्याट्री र त्यो भन्दा माथिल्लो अप्सनमा ठूलो व्याट्री दिने तयारी गरेको हो ।

ठूलो साइजको व्याट्री दिने भनिएपनि कति साइजको भन्ने खुलाइएको छैन । कम्वस्चन इन्जिन युक्त अल्ट्रोजको समान फिचर उपलब्ध रहने यो प्रिमियम ह्याचव्याकले विद्युतीय कारमा नयाँ इतिहास बनाउने रिपोर्टहरुमा दावी गरिएको छ ।

टाटाले अल्ट्रोज इभीलाई सन् २०२२ मा बजारमा ल्याउने अनुमान गरिएको छ । टाटाको पहिलो इलेक्ट्रीक एसयूभी नेक्सन आगामी सोमबारबाट नेपालमा विक्री सुरु हुँदैछ । आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले चार्जिङ सेन्टरहरु समेत निर्माण गरिरहेको कारण नेपालमा पनि टाटाका इलेक्ट्रीक उत्पादन आक्रमक बजार विस्तारमा लाग्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top