यामाहा R15 V4 परिक्षणमा, हेडलाइट मुख्य परिमार्जन

काठमाडौं । यामाहाको चर्चित मोटरसाइकल R15 V4 काे भारतमा परिक्षण सुरु भएको छ । कम्पनीले परिक्षण गरिरहेको मोटरसाइलको मुख्य परिमार्जन हेडल्याम्प देखिएको हो ।

पूर्णरुपमा ढाकिएको अवस्थामा सडक परिक्षण भइरहेको नयाँ R15 V4 मा यामाहा आर-७ मा प्रयोग भएको हेडल्याम्प दिएको देख्न सकिन्छ । यसका अलावा अन्य परिवर्तन के कति छन् भन्ने विषय तस्विर हेरेर छुट्टाउन सकिने अवस्था छैन ।

हेडल्याम्प परिमार्जन पछि R15 V4 लाई यामाहाको अन्य ठूला स्पोर्टस् बाइक जस्तै देखाएको भएपनि अन्य परिमार्जन छुट्टाउन सकिदैन । पहिलोको तुलनामा कम्पनीले यो मोटरसाइकलको चौडाई केही परिमार्जन गरेको हुन सक्ने छ ।

डिजिटल कन्सोल परिमार्जन र कनेक्ट फिचर नयाँ भर्सनमा आउने अपेक्षा गरिएको छ ।


Back_to_top