काठमाडौं । एनआइयुले नयाँ मोपेड (युनीसाइकल) नेपाल भित्र्याएको छ । एनआइयुको इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता इको इन्फिनिटीले इलेक्ट्रीक मोपेडको विक्री सुरु गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको मोपेडमा ४८ भोल्ट १६ एम्पीयरको व्याट्रि प्याक रहेको छ । यो व्याट्री एनआइयुको अन्य स्कुटरमा जस्तै रिमुभ एबल (झिक्न सकिने) रहेको छ । त्यस्तै यसमा ५ किलोवाटको मोटर रहेको छ ।
यो व्याट्री ५ घन्टामा फुलचार्ज गर्न सकिन्छ भने एक पटकको फुलचार्जमा ५० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । यसलाई प्याडलिङ गरेरसमेत संचालन गर्न सकिन्छ ।
यो मोपेडको टप स्पीड ३२ किलोमिटर प्रतिघन्टा रहेको छ । त्यस्तै यसमा रहेको सबै लाइटहरु एलइडी दिइएको छ भने यसमा डिस्क तथा ड्रम ब्रेक रहेको छ ।
इकर्मस कम्पनीहरुलाई ट्रार्गेर गरेर ल्याइएको यो मोपेडको मूल्य १ लाख ४५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।


