रोयल इन्फिल्डको बहुप्रतिक्षित मोटरसाइलक न्यु जेनेरेशन क्लासीक ३५० सार्वजनिक हुने भएको छ । यही अगष्ट २७ तारिखमा भारतीय बजार उक्त मोटरसाइकल सार्वजनिक हुने भएको हो ।
कम्पनीले आधिकारिक रुपमा घोषणा नगरेतापनि विभिन्न भारतीय मिडियाले अगष्ट २७ मा न्यु जेनेरेशन क्लासीक ३५० सार्वजसनिक हुने बताएका छन् । हालै मात्र सार्वजनिक भएको एक रिपोर्टका आधारमा उक्त जानकारी बाहिर आएको जनाइएको छ ।
यसअघि विभिन्न चरणमा परिक्षणको क्रममा उक्त मोटरसाइकल देखिएको छ । कम्पनीले क्लासीक ३५० लाई ‘जे’ प्लेटफर्ममा निर्माण गरेको छ । यस अघि कम्पनीले मेटोर ३५० लाई जे प्लेटफमर्मा बजारमा ल्याएको थियो । क्लासीक ३५० न्यु जेनेरेशनको बारेमा यस अघि धेरै नै जानकारी बाहिर आइसकेको छ । यसमा ३४९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले २० हर्सपावर तथा २८ एनएम टर्क जेनेरेट गर्छ ।
न्यु जेनेरेशन क्लासीक ३५० मा अल न्यु इन्स्टुमेन्ट क्लस्टर दिइएको छ । यसमा डिजिटल डिस्प्ले र एनालक स्पीडोमिटर उपलब्ध रहेको छ । यसका साथै यसमा ट्रिपर नेभिगेशन सिस्टरसमेत दिइएको छ ।
यसलाई कम्पनीले विभिन्न भेरियन्टमा बजारमा उर्ताने अनुमान गरिएको छ । यसको मूल्य १ लाख ९० हजार भारतीय रुपैयाँदेखी २ लाखसम्म हुने अनुमान गरिएको छ ।

