काठमाडौं । वार्षिक १० देखि ११ हजार यूनिट विक्रीमा खुम्चीएको कारको बजारमा कम्प्याक्ट यूटिलिटी भेहिकल (सियूभी) सेग्मेन्टको बर्चश्व रहेको छ । यो सेग्मेन्टमा अधिकांश कम्पनीले आफ्ना उत्पादन ल्याएर विक्री वितरण गर्दै आएका छन् ।
हुन्डाई नेपाली बजारमा सर्वाधिक कार विक्री गर्ने कम्पनी भएको छ भने मारुती सुजुकी, किया, महिन्द्रा, टाटा, फोर्ड, निसान, रेनो जस्ता कम्पनीहरु धेरै गाडी विक्री गर्ने ब्राण्डमा पर्छन् ।
अहिले बजारमा सबैभन्दा धेरै खोजिने सियूभी सेग्मेन्ट हो । यसलाई सहजताको लागि सबै कम्पनीले एसयूभी भन्ने गरेका छन् ।
सन् २०१३ देखि यो सेग्मेन्टमा फोर्ड इकोस्पोर्ट र महिन्द्रा स्कर्पियोले एकछत्र राज गरेको थियो । सन् २०१६ मा हुन्डाई क्रेटाको नेपाल प्रबेशसँगै यसलाई ग्राहकले खुबै मनपाराएको देखियो । अहिले ४ मिटरभन्दा साना गाडी धेरै मानिसको रोजाइमा पर्न थालेको छ ।
केही वर्षअघिसम्म मुस्कीलले २० प्रतिशत बजार हिस्सा रहेको यो सेग्मेन्ट अहिले बढेर ५५ प्रतिशत हारहारी पुगिसकेको छ । त्यसैले कम्पनीहरुको धेरै विक्री हुने मोडलमा साना र कम्प्याक्ट एसयूभीहरु धेरै रहेका छन् । अग्लो बडी डिजाइन, पावरफुल इन्जिन र चलाउन सहज भएकै कारण धेरै मानिसको रोजाइमा यो सेग्मेन्ट पर्न गएको हो ।

हुन्डाई क्रेटा लुक्स, डिजाइन, फिचर र इन्जिन पावरको कारण चर्चामा रहेको मोडल हो । देशभर रहेको १४ विक्री केन्द्र र १८ वटा सर्भिस नेटवर्कले हुन्डाईको विक्रीमा निकै ठूलो सहयोग गर्दै आएको छ । वार्षिक १५ सय यूनिट हाराहारीमा क्रेटा विक्री हुँदै आएको आयात तथ्यांकले देखाउँछ । जुन हुन्डाईले विक्री गर्ने सम्पूर्ण मोडलको ५० प्रतिशत हाराहारी हो ।
१.५ लिटर क्षमताको फोर सिलिण्डर पेट्रोल र डिजेल इन्जिन क्रेटाको अर्को बलियो पक्ष हो । विभिन्न १० भेरियन्ट र दुई गियरबक्स अप्सनले क्रेटामा धेरै छनोट प्रदान गरेको छ । कम्पनीले ४५ लाख ५६ हजारदेखि ७४ लाख ९६ हजार रुपैयाँसम्म मूल्य तोकेर क्रेटाको विक्री गर्दै आएको छ ।
क्रेटाकाे सबै भेरियन्टको मूल्य यस प्रकार रहेको छ ।

मारुती सुजुकी ब्रेजा पनि सर्वाधिक विक्री हुने मोडलमा पर्छ । २०१७ बाट ब्रेजा नेपाली बजारमा उपलब्ध रहेको छ । तीन वर्षसम्म डिजेल इन्जिन अप्सनमा मात्रै उपलब्ध भिटारा ब्रेजा सन् २०२० को मध्यबाट पेट्रोल इन्जिनमा मात्रै उपलब्ध रहेको छ ।

बल्की डिजाइन र पावरफलु इन्जिन ब्रेजाको सबैभन्दा बलियो पक्ष हो । कम्पनीले यसको विक्री औषतमा १ हजार यूनिट गर्दै आएको तथ्यांकमा देखिन्छ । १.५ लिटर क्षमताको इन्जिन भएकै कारण सब फोर मिटर सेग्मेन्टमा ब्रेजा सफल हुँदै गएको मोडल हो । अहिले सब फोर मिटरमा ठूलो पेट्रोल इन्जिन भएको गाडी नै ब्रेजा हो ।
ब्रेजा विभिन्न ३ भेरियन्टमा नेपालमा विक्री हुँदै आएको छ । यसको सुरुवाती भेरियन्ट भिएक्सआईको मूल्य ४१ लाख ९९ हजार, जेडएक्सआई प्लस भेरियन्टको ४६ लाख १९ हजार र जेडएक्सआई प्लस ड्यूलटोनको ४६ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

करिब ६ महिनाअघि नेपाल आएको निसान म्याग्नाइट अहिलेको समयमा धेरै विक्री हुने मोडल भइसकेको छ । सानो इन्जिन, कम मूल्य र निसानको ब्राण्ड नेम यसको सबैभन्दा बलियो पक्ष हो । निसानले यो सब फोर मिटर एसयूभीलाई निकै आकर्षक बनाएको छ ।
कम मूल्यमा नै सब फोर मिटर चढ्न पाउने भएपछि इन्ट्री सेडान र बी सेग्मेन्ट ह्याचव्याक खोज्ने ग्राहकलाई पनि म्याग्नाइटले आफुतिर आकर्षित गर्न सफल भएको हो । १.० लिटर नेचुरल एस्पार्ड र टर्बोगरी दुई इन्जिन अप्सनमा ग्राहकले यसलाई खरिद गर्न सक्नेछन् । विभिन्न ११ भेरियन्टमा ग्राहकले म्याग्नाइट छनोट गर्न सक्ने छन् ।
म्याग्नाइटको सबै भेरियन्टको मूल्य

कियाले झण्डै एक वर्षअघि नेपाल ल्याएको सानेट पनि अहिले निकै चल्तीको सब फोर मिटर एसयूभी हो । कम्पनीले १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल अप्सनमा बजारमा ल्याएको सोनेटको डिजेल भेरियन्ट धेरै विक्री हुँदै आएको छ । यसकाे मूल्य १.२ लिटर पेट्राेल एचटीइ भेरियन्टकाे ३५ लाख ९० हजार रहेकाे छ । त्यस्तै १.५ लीटर डिजल इन्जिन भएकाे साेनेटकाे मूल्य क्रमश एचटीएक्सकाे ४७ लाख ९० हजार, एचटीके अटाेमेटिककाे ४९ लाख ९० हजार, तथा जीटीएक्स प्लसकाे ५७ लाख ९० हजार रहेकाे छ ।

कियाले भारतमा उत्पादन गरेको सोनेट आफ्नो आकर्षक लुक्स र पर्फमेन्सको लागि परिचित रहेको छ । यस्तोमा सेग्मेन्टमा धेरै छनोटका बाबजुद सोनेटले निकै राम्रो व्यापार गर्न सफल भएको छ ।
एमजी इजेडएस अहिले सर्वाधिक चर्चामा रहेको मोडल हो । इलेक्ट्रीक एसयूभी खोज्ने ग्राहकलाई यसले निकै राम्रोसँग आफुतिर तानिरहेको छ । ११२ किलोवाटको मोटर, ३०० किलोमिटर रेञ्ज र दमदार लुक्स यसको सबैभन्दा सबल पक्ष हो ।

नेपाली बजारमा प्रवेश गरेदेखि नै चर्चामा रहेको इजेडएस अहिले पनि किन्न चाहने ग्राहकको कमी आएको छैन । ५० लाख ९९ हजार मूल्य निर्धारण गरेर विक्री हुँदै आएको इजेडएस माग अनुसारको सप्लाई भने हुन सकेको छैन । विद्युतीय कारमा टाटा नेक्सनको बुकिङ पनि सुरुवाती दिनमा नै निकै राम्रो रहेको कम्पनी स्रोतले जनाएको छ ।

