अफरोड एसयूभी खोज्नेलाई सुजुकी जिम्नी, यस्तो छ दुई भेरियन्टको मूल्य

काठमाडौं । सुजुकीको चर्चित एसयूभी जिम्नीको मूल्य निर्धारण भएको छ । नेपालको लागि सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले जिम्नीको दुई भेरियन्टको मूल्य प्रकाशित गरेको हो ।

नाडाले साउन १४ गते प्रकाशन गरेको आफ्ना सदस्यले विक्री गर्ने सवारी साधनको मूल्यसूचीमा सिजी मोटोकर्पले जिम्नी जिएलएक्स म्यानुयलको मूल्य ७४ लाख ९९ हजार र जिएलएक्स अटोमेटीकको मूल्य ७९ लाख ९९ हजार निर्धारण गरेको हो । कम्पनीले ५ यूनिट जिम्नी नेपाल ल्याइसकेको छ ।

नयाँ संस्करणको जिम्नीमा १.५ लिटर फोर-सिलिन्डर इन्जिन दिइएको छ । फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध यो एसयूभी म्यानूयल र अटोमेटिक दुबै ट्रान्समिशनमा उपलब्ध रहेको छ ।

यसको लम्बाई ३६४५ एमएम, चौडाई १६४५ एमएम र उचाई १७२० एमएम रहेको छ । यसमा वाइप-डाउन इन्टेरियर, हिल डिसेन्ट कन्ट्रोल, स्टील ह्वील, एन्टी-स्क्राच प्लास्टिक बम्पर, ह्वील आर्क-स्पार्टजस्ता कम्पोनेन्टको प्रयोग गरिएको छ ।

क्लाइमेट कन्ट्रोल नभ, आकर्षक तथा कम्फर्टेवल सिट, ३७७ लिटर लगेज स्पेश, ठूलाे लेगरुम, २२५० एमएमको ह्वीलवेश रहेको छ ।

चालकको सुरक्षालाई ध्यानमा राख्दै यसमा एयरब्याग दिइएको छ । यसका साथै १५ इन्च अलोय ह्वील, एलईडी हेडलाइट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, एन्ड्रोइड र एप्पल कार प्ले सपाेर्ट लगायतका विशेषता दिइएको छ ।


Back_to_top