बजाज पल्सर २२० एफ अब तीन नयाँ कलरमा, यस्तो छ मूल्य

काठमाडौं । बजाज पल्सर २२० एफ नयाँ कलरमा विक्री सुरु भएको छ । कम्पनीले तीन नयाँ कलर अप्सनमा २२० एफको विक्री सुरु गरेको हो ।

बजाज पल्सर २२० एफ नयाँ कलरमा आएसंगै पुरानो भर्सनको विक्री बन्द भएको कम्पनीले जनाएको छ । कम्पनीले यसमा ग्रफिक्सका अलावा अन्य परिर्वतन भने गरेको छैन् ।

कम्पनीले केही समय अगाडी बजाज पल्सर एनएसको पनि नयाँ कलर अप्सनमा भित्र्याएको थियो । हाल नेपालमा विक्री सुरु भएको बजाज पल्सर २२० एफ पनि सोही कलर अप्सनमा ल्याएको हो ।

पल्सर २२० एफ स्पार्कले ब्ल्याक, पर्ल ह्वाइट र सापहायर ब्लु गरि ३ कलरमा उपलब्ध रहेको छ । त्यस्तै मोटरसाइकलको कलर अनुसारको ह्वीलको रिममा समेत कलर प्रयोग गरिएको छ । त्यस्तै इन्जिन कौलमा समेत ग्राफिकको प्रयोग गरिएको छ ।

नयाँ कलरमा सार्वजनिक भएको बजाज पल्सर २२० एपफको मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।


Back_to_top