होन्डाको कम मूल्यकाे एड्भेन्चर मोटरसाइकल सार्वजनिक, छिट्टै नेपाल आउने

काठमाडौं । होन्डाले नयाँ एड्भेन्चर टुरर मोटरासइकल सार्वजनिक गरेको छ । कम्पनी होन्डा सीबी २०० एक्स एड्भेन्चर मोटरसाइकल भारतीय बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीेको नेकेड स्ट्रीट फाइटर हर्नेट २.० मा आधारित नयाँ एडभेन्चर मोटरसाइल १ लाख ४४ हजार ५०० ( एक्स सोरुम ) भारतीय रुपैयाँमा सार्वजनिक गरेको हो ।
सार्वजनिक भएसँगै भारतभर यसको बुकिङ खुल्ला भएको कम्पनीले जनाएको छ ।

होन्डा सीबी २०० एक्समा सार्प लुकिङ एलइडी लाइट, एलएडी टर्न इन्डिकेटर, नकल गार्ड, विन्ड स्क्रीन, टल ह्यान्डलवार दिइएको छ

त्यस्तै यसमा स्प्लीट सिट, इन्जिन कौल र डबल पर्पोज टायर दिइएको छ । यसको अप राइट ह्यान्डल बार सेटअपले यसलाई अन रोड तथा अफरोड दुबै सुहाउँदो बनाएको छ । त्यसैगरि यसमा गोल्ड कलर अपसाइड फ्रन्ट सस्पेन्सन तथा रियरमा मोनोशक सस्पेन्सन रहेको छ ।

त्यस्तै यसमा डिजिटल इन्स्टुमेन्ट क्लस्टर, डिस्क ब्रेक, डबल च्यानल एबीएस, ब्ल्याक अलाय ह्वील, कि अन फ्यूल ट्याङक जस्ता फिचर दिइएको छ ।
यसको इन्जिनले हर्नेट २.० को समान १७.३ पीएस पावर तथा १६.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

हालै मात्र भारतीय बजारमा सार्वजनिक भएहो होन्डा सीबी ३५० ट्वीन कम्पनीले
नेपाल विक्री सुरु गरिसकेको छ । पछिल्लो समय नेपाली बजारमा होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले आक्रामक रुपमा मोटरसाइकल भित्र्याउदै आएको छ । यो मोटरसाइकल छिट्टै नै नेपाली बजारमा ल्याउने तयारी भइरहेको कम्पनी स्रोतले जनाएको छ ।

यो मोटरसाइकलको मूल्य हिरो एक्सपल्स २०० भन्दा २४ हजार भारतीय रुपैयाँले धेरै रहेको छ ।


Back_to_top