दशैं नजिकिएसँगै नयाँ दुई एसयूभी नेपाल ल्याउन जुट्यो महिन्द्रा

काठमाडौं । महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पाेरेट प्रालिले दशैंअघि दुई नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले आफ्नो पछिल्लो उत्पादन बलेरो नियो र एक्सयूभी ७०० नेपाल ल्याउन लागेको हो ।

महिन्द्रा एण्ड महिन्द्राले एक महिनाको अन्तरमा यी दुई एसयूभीलाई भारतमा विक्री सुरु गरेको थियो ।

‘सकभर दशैंअघि बलेरो नियो र एक्सयूभी ७०० नेपाल ल्याउने प्रयास भइरहेको छ । अक्टोबर महिनामा यी दुबै एसयूभी नेपाल ल्याउने छौं’, अग्नी स्रोतले मेरोअटोसँग भन्यो ।

कम्पनीले नेपाल ल्याउने तयारी गरेको बलेरो नियो सब फोर मिटर एसयूभी हो । यसअघि टियूभी ३०० नामबाट विक्री हुँदै आएको गाडीलाई फेसलिफ्ट गरेर नयाँ नामबाट कम्पनीले यसलाई बजारमा ल्याउन लागेको हो ।

त्यसैगरी एक्सयूभी ७०० कम्पनीले बजारमा ल्याएको नयाँ एसयूभी हो । यसको विक्री सुरु भएसँगै महिन्द्राले एक्सयूभी ५०० को उत्पादन बन्द गर्ने अनुमान गरिएको छ ।

एक्सयूभी ७००

एक्सयूभी ७०० मा थुप्रै नयाँ फिचर दिएर कम्पनीले बजारमा उतारेको छ । अहिले ४ भेरियन्ट र दुई इन्जिन अप्सनमा ल्याएको एक्सयूभी ७०० को टप स्पेक एएक्स ७ भने केही समयपछि मात्रै आउने जनाएको छ ।

अहिले पेट्रोलमा तीन र डिजेलमा एक भेरियन्ट भारतीय बजारमा विक्री सुरु भएको छ । पेट्रोलमा एक्सएम, एएक्स ३ र एएक्स ५ भारतमा विक्री सुरु भएको छ भने डिजेलमा एउटा मात्रै भेरियन्ट एक्सएम उपलब्ध रहेको छ ।

महिन्द्राको एसयूभीमा नयाँ लोगो दिने रणनीति अनुसार कम्पनीले एक्सयूभी ७०० बाट नयाँ लोगो प्रयोगमा ल्याएको छ भने २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर डिजेल इन्जिन दिएको छ ।

बलेराे नियाे

थुप्रै सुरक्षा फिचर, लग्जरी फिल, ६० भन्दा धेरै कनेक्ट फिचर उपलब्ध यो एसयूभीले बजारमा टाटा एच फाइभ, हुन्डाई अल्काजार, डिएफएसके ग्लोरी ५६० जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

बलेरो नियोको प्रतिस्पर्धा भने सब फोर मिटर सेग्मेन्टमा विक्री भइरहेका सबै मोडलसँग हुनेछ ।


Back_to_top