हुन्डाईको प्रिमियम ब्राण्ड जेनीशसले देखायो इलेक्ट्रीक क्रसओभर

काठमाडौं । हुन्डाई मोटर्सको प्रिमियम ब्राण्ड जेनीशसले आफ्नो पहिलो इलेक्ट्रीक कार ‘जीभी ६०’ सार्वजनिक गरेको छ । कम्पनीले ‘इलेक्ट्रीक ग्लोवल मोडुलर प्ल्याटफर्म’ (इ-जीएमपी) मा जीभी ६० लाई तयार गरेको हो । यही प्ल्याटफर्ममा हुन्डाई आयोनीक ५ र किया इभी ६ बनेको हो ।

जेनीशस जीभी ६० आयोनीक ५ र इभी ६ भन्दा निकै प्रिमियम हुन्छ । कुपे डिजाइनमा तयार भएको यो प्रिमियम इलेक्ट्रीक क्रसओभरमा कम्पनीको ब्राण्ड सिग्नेचर स्प्लीड हेडल्याम्प, तल्लो भागमा दिइएको फ्रन्ट ग्रिल, यूनिक डिजाइनको ठूलो अलोय ह्वील, कलो कलरमा पिल्लरहरु दिइएको छ ।

यसमा लुकिङ ग्लासको सट्टा पछाडि हेर्न क्यामेरा दिएको छ । ढोकाको माथिल्लो भागदेखि पछाडिको डिक्कीसम्म लामो क्रोम लाइन दिइएको छ । कालो कलरको प्लाष्टीक क्याडलिङले गाडीलाई निकै आकर्षक बनाएको छ ।

निकै सामान्य तरिकाले यसको इन्टेरियर तयार गरिएको छ । ड्यासबोर्डमा दुई स्कृन, पछाडिको अवस्था हेर्न दुई तर्फको ढोकामा मोनिटर लगाइएको छ । सिल्भर कलरको इन्फोटेन्टमेन्ट सिस्टम नव र क्रिष्टल सिफ्ट नव पाउन सकिन्छ । मुड लाइट, व्ल्यू लेदर अपहोष्टीक जस्ता फिचर पाउन सकिन्छ ।

यसमा प्रयोग भएको व्याट्री र मोटरको विषयमा जानकारी नदिएपनि एक पटकको फुलचार्जमा करिब ४८० किलोमिटर रेञ्ज प्रदान हुने जनाइएको छ ।


Back_to_top