टीभीएसको ‘ग्राण्ड दशै एक्स्चेन्ज मेला’ शुरु, मासिक मात्र ५९९९ किस्तामा नयाँ मोटरसाइकल

काठमाडौं । चाडपर्वको मौसम सुरु भएसँगै टीभीएस मोटरसाइकलको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले आक्रमक योजनासहित ‘टीभीएस ग्राण्ड दशै एक्स्चेन्ज मेला’ शुरु गरेकोछ । कम्पनीले आजबाट एक्स्चेन्ज मेला काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको हो ।

टीभीएसले यस मेलामा मोटरसाइकल एक्स्चेन्ज गर्न ग्राहकले रकम डाउन पेमेन्ट गर्नु नपर्ने योजना अगाडि ल्याएको छ । कम्पनीले मात्र ५ हजार ९९९ रुपैयाँ मासिक किस्ता तीर्नेगरि ग्राहकले नयाँ सवारी साधन किन्न सक्ने छन् ।

‘जुनसुकै अवस्थाको मोटरसाइकल एक्स्चेन्जमा ल्याउने ग्राहकले टीभीएसको मोटरसाइकल वा स्कुटर जुन किन्न चाहेपनि डाउन पेमेन्ट वापत रकम थप गर्न पर्ने छैन’, जगदम्बा मोटर्सका मार्केटिङ मेनेजर बिक्रम पौड्यालले मेरोअटोलाई बताए ।

कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट पुर्याएर मोटरसाइकल किन्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा मोटरसाइकल दिने जनाएको छ । साथै, कम्पनीले एक्स्चेन्जमा मूल्यङ्कन भन्दा १० हजार थप एक्स्चेन्ज बोनस, दशैं स्कीमको स्क्र्याच कार्ड मार्फत किन्नुअघि १ लाखसम्म र किनेपछि १० लाखसम्म नगद छुट पाउने व्यवस्था समेत मिलाएको छ ।

प्रि बुकिङ गराएर जाने ग्राहकले २ हजार रुपैयाँ बराबरको एसोशरिज र टेष्ट ड्राइभमा उपहार जित्ने मौका समेत पाउने जनाइएको छ ।टीभीएसले नेपाली बजारमा विभिन्न किसिमका मोटरसाइकल र स्कुटरको विक्री वितरण गर्दै आएको छ ।


Back_to_top