हिरो एक्सपल्स २०० फोर भी ५ दिनपछि सार्वजनिक हुने

काठमाडौं । हिरोले आफ्नो सर्वाधिक सफल २०० सीसी एड्भेन्चर मोटरसाइकल एक्सपल्सको नयाँ मोडल ल्याउने भएको छ । कम्पनीले ५ दिनपछि एक्सपल्स २०० फोर भी ल्याउने तयारी गरेको हो ।

कम्पनी अक्टोवर ६ तारीखमा भारतीय बजारमा हिरो एक्सपल्स २०० फोर भी सार्वजनिक गर्ने भएको हो ।

अफरोड र सहरी क्षेत्रमा चलाउन उत्कृष्ट रहेको एक्सपल्स २०० को हाइवे पर्फमेन्स बढाउन कम्पनीले फोर भी मोडल ल्याउन लागेको हो ।

लामो हाइवे यात्रामा एक्सपल्समा निस्कन चाहने राइडरको लागि ४ भल्भ हेड सेटअप साथ आउने एक्सपल्स उत्कृष्ट हुने अनुमान गरिएको छ ।

अहिले भारतका विभिन्न क्षेत्रमा यसको परिक्षण भइरहेको तस्विर बाहिर आएको छ । नयाँ कलर अप्सनामा आउने यो मोटरसाइकलमा पहिलेभन्दा धेरै माइलेज र पावर भी फोरमा रहने अनुमान गरिएको छ ।

अधिकांश फिचरमा परिवर्तन नभएपनि यसको ग्राफिक्समा भने परिमार्जन हुनेछ । एक्सपल्समा अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील, एलइडी लाइट, डिजिटल डिस्प्ले, सिंगल च्यानल एबीएस, व्लूटुथ कनेक्टीभीटी जस्ता फिचर यसमा उपलब्ध हुनेछन् ।

नेपाली बजारमा छोटो समयमा निके राम्रो चर्चा कमाउन सफल हिरो एक्सपल्स २०० हाल बीएस ४ भर्सनमा मात्र उपलब्ध रहेको छ । यसको बीएस ६ भर्सन नेपाली बजारका लागि बहुप्रतिक्षित मोडल रहेको छ ।


Back_to_top