नेपाल आउँदै ४ नयाँ मोटरसाइकल

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसरमा विभिन्न कम्पनीले नयाँ मोटरसाइकल बजारमा ल्याउने भएका छन् । नयाँ वर्षको अवसरमा बजाज, यामाहा, होन्डा, हिरो लगायतका कम्पनीहरुले नयाँ मोटरसाइकल बजारमा ल्याउने तयारी गरिरहेका छन् ।

विशेषत १५० सीसीदेखि २०० सीसीसम्मका नयाँ मोटरसाइकल बजारमा आउने छन् । नयाँ आउने मोटरसाइकल नेकेड, रेट्रो र एड्भेन्चर डिजाइनमा रहने देखिएको छ ।

यामाहाले भारतमा केही महिनाअघि सार्वजनिक भएको एफजेड–एक्स, होन्डाले एनएक्स २००, हिरोले एक्सपल्स २०० फोर भी, बजाजले एनएस २०० बीएस ६ मापदण्डको नयाँ मोटरसाइकल बजारमा ल्याउने भएका छन् । बजारमा आउने नयाँ मोटरसाइकलमा एफजेड एक्स १५० सीसी सेग्मेन्ट र अन्य सबै मोटरसाइकल २०० सीसी सेग्मेन्टमा आउने छन् ।

यामाहा एफजेड-एक्सः यामाहाले रेट्रो डिजाइनमा ल्याएको एफजेड एक्स भारतमा उत्पादन भएको मोटरसाइकल हो । एफजेड एक्स यामाहाको चर्चित मोटरसाइकल एफजेडएस भी ३मा आधारित रेट्रो डिजाइनको मोटरसाइकल हो ।

यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले रेट्रो लुक मोर्डन टेक्नोलोजिमा आधारित मोटरसाइकल नेपाल ल्याउने तयारी गरेको हो । यसमा वल्र्ड स्कुल राउण्ड सेप एलइडी हेड ल्याम्प दिइएको छ । त्यस्तै यसमा नयाँ टेक्नोलोजि आधारित धेरै फिचर रहेका छन् ।

कम्पनीले यसमा ब्रान्ड न्यू अल डिजिटल कन्सोल, ब्लुटुथ कनेक्टीभीटी, सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ । यसमा रहेको १४९ सीसी क्षमताको एफआई इन्जिनले अधिकतम ७२५० आरपीएममा १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

यसका अलावा एफजेड एक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, ब्लुटुथ कनेक्टिभिटी, दुबै चक्कामा डिस्क ब्रेक, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।

होन्डा एनएक्स २००ः होन्डाले भारतमा पहिलो पटक नयाँ प्ल्याटर्फममा एड्भेन्चर मोटरसाइकल उत्पादन गरेको छ । होन्डा हर्नेट २.० मा आधारित ‘एनएक्स २००’ नयाँ एड्भेन्चर मोटरसाइकल स्याकार ट्रेडिङले बजारमा ल्याउन लागेको हो ।

कम्पनीले ‘एनएक्स २००’ होन्डाको २.० प्ल्याटफर्म निर्माण गरेको हो । एड्भेन्चर टुरर मोटरसाइकलको बढ्दो मागलाई सम्बोधन गर्न कम्पनीले ‘एनएक्स २००’ बजारमा ल्याउन लागेको छ ।

कम्पनीले यसमा हर्नेट २.० को तुलनामा फरक चेसिस प्रदान गरेको छ, दुबैतिर १७ इन्चको ह्वील, अफरोड टायर, अग्लो विन्डस्कृन र नकल गार्डको प्रयोग यसमा गरिएको छ ।

कम्पनीले यसमा हर्नेट २.० मा प्रयोग भएको समान १८४.४ सीसी क्षमताको एयरकुल्ड, सिंगल सिलिण्डर इन्जिन प्रदान गरेको छ । उक्त इन्जिनले अधिकतम १७.२७ पीएस पावर र १६.१ एनएम टर्क प्रदान गर्छ ।

हिरो एक्सपल्स २०० फोर भी: हिरोको लोकप्रिय मोटरसाइकल एक्सपल्स २०० को नयाँ भर्सन भारतमा सार्वजनिक भएको छ । हिरो मोटोकर्पको आधिकारीक वितरक एनजीएम हिरोले एक्सपल्स २०० चाँडै नेपाल ल्याउने तयारी गरेको छ ।

हिरो एक्सपल्सको हाइवे पर्फमेन्स उत्कृष्ट बनाउन कम्पनीले भोर भल्भ इन्जिनमा ल्याएको हो । यसका साथै कम्पनी एक्सपल्स २०० तीन नयाँ कलर अप्सन थप भएको छ ।

यसको फोर भल्भ इन्जिनले यसको पावर समेत वृद्धि गरेको छ । नयाँ एक्सपल्स २०० फोर भीले १८.८ पीएस पावर र १७.३ एनएम टर्क जेनेरेट गर्छ । नयाँ एक्सपल्सले पुरानोको तुलनामा १ पीएस पावर तथा १ एनएम टर्क धेरै जेनेरेट गर्छ ।

एक्सपल्समा अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील, एलइडी लाइट, डिजिटल डिस्प्ले, सिंगल च्यानल एबीएस, व्लूटुथ कनेक्टीभीटी जस्ता फिचर यसमा उपलब्ध हुनेछन् ।

पल्सर एनएस २००: बजाजको सर्वाधिक सफल मोडल पल्सर एनएस २०० बीएस ६ इन्जिनमा आउने भएको छ । अहिले एफआई र कार्बुरेटर इन्जिनमा विक्री हुँदै आएको एनएस २०० बीएस ६ इन्जिनमा आउने भएको हो ।

विशेषत युवा पुस्ता लक्षित डिजाइन र उच्च पावरको कारण एनएस २०० धेरै विक्री हुने गरेको हो । लामो यात्रामा घुम्न जाने युवाहरुको मुख्य रोजाईमा परेको एनएस बजाजले अहिले विक्री गर्ने सबैभन्दा महंगो मोडल रहेको छ ।

यसमा रहेको लिक्वीड कुल्ड, एफआई इन्जिनले अधिकतम ९५०० आरपीएममा २३.५ ब्रेक हर्ष पावर र ८००० आरपीएममा १८.३ एनएम पीक टर्क प्रदान गर्छ ।

एनएस २०० को दुबै चक्कामा हाइड्रोलिक डिस्क ब्रेक, ६ स्पीड गियरबक्स, स्टीफ पेरिमिटर फ्रेम, १७ इन्चको अलोय ह्वील, १२ लिटर क्षमताको इन्धन ट्याङ्की, सिंगल च्यानल एबीएस जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top