क्रेटा र सेल्टोसको प्रतिस्पर्धी बन्दै नयाँ ‘एसक्रस’, यही महिना सार्वजनिक हुने

काठमाडौं । जापानी कार निर्माता कम्पनी सुजुकीले नयाँ जेनेरेशन एसक्रस सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यही नोभेम्बर महिनामा यसको ग्लोवल प्रिमियर गर्ने तयारी गरेको हो ।

सुजुकीले एसक्रसको नयाँ अवतार सार्वजनिक गर्दै नयाँ डिजाइन, लुक्स र फिचर लोडेड हुने जनाएको छ । कम्पनीले नयाँ जेनेरेशन एसक्रस जापान, यूरोप र दक्षिण एशियाली बजारमा विक्री वितरण गर्नेछ ।

मारुती सुजुकीले भारतमा उत्पादन गर्ने सबैभन्दा महंगो मोडल एसक्रस नेपालमा पनि ५० लाखसम्मको मूल्यमा विक्री हुँदै आएको छ । अहिले बजारमा विक्री हुँदै आएको एसक्रसको तुलनामा नयाँ जेनेरेशन मोडल थप स्र्पोटी, सार्प डिजाइन र आकर्षक रहेको छ । नयाँ डिजाइनकै कारण यसले हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ जेनेरेशन मोडल यूरोपियन बजारबाट विक्री सुरु हुँदैछ । कम्पनीले यसमा १.५ लिटर फोर सिलिण्डर पेट्रोल इन्जिन उपलब्ध हुनेछ । यसको टप भेरियन्टमा फोर वाई फोर सिस्टम समेत उपलब्ध हुनेछ ।

नयाँ डिजाइनको ग्रिल, फरक डिजाइनमा हेडल्याम्प र टेलल्याम्प, नयाँ बम्पर, स्पोर्टी रुफ, नयाँ इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ फगल्याम्प हाउजिङ, नयाँ अलोय ह्वील ग्राहकले पाउने छन् ।


Back_to_top