काठमाडौं । कोरियन अटो कम्पनी हुन्डाईको इलेक्ट्रीक क्रसओभर कोनाले ‘द जेभास टप कम्प्याक्ट जेडइभी अवार्ड’ जितेको छ । द जेभास अवार्ड जीरो इमिशन अवार्ड अन्तर्गत लस एन्जलस अटो शोमा दिइएको हो । उक्त अवार्ड पाउन कोनाले पब्लिकले गरेको दुई राउण्डको भोटिङ सामना गरेकोे थियो ।
हुन्डाई कोनाको २०२२ मोडल लस एन्जलस अटो शोमा शोकेस गरिएको थियो । कम्पनीले कोनाको फेसलिफ्टमा व्यापक सुधार गरेर ल्याएसँगै यसको चर्चा अहिले बढिरहेको छ ।
हुन्डाईले यसको बाहिरी बनोटमा निकै ठूलो परिवर्तन गरेको छ । परिवर्तित डिजायनको कारण यसलाई पहिलेभन्दा थप आकर्षक बनाएको देख्न सकिन्छ । साथै, कम्पनीले यसको कनेक्टीभीटी फिचरमा पनि अपग्रेड गरेको छ ।
नयाँ कोनामा सुरक्षा उपकरण पहिलेको तुलना चुस्त बनाइएको छ । यही कारण कोना किन्न चाहने ग्राहकहरु थप आकर्षित भएको भोटिङका क्रममा ग्राहकले प्रतिक्रिया दिएका थिए ।
हुन्डाईले कोनोमा लेभल थ्री फास्ट चार्जिङ सिस्टम दिएको छ । जसले १० देखि ८० प्रतिशतको चार्ज केवल ४७ मिनेटमा नै गर्न सकिन्छ । साथै, यसको फ्रन्ट ग्रिलमा दिइएको चार्जिङ पोर्टले पार्किङ गर्दै चार्ज गर्न समेत सजिलो बनाएको छ ।


