हस्कभर्ना मोटरसाइकलको नयाँ स्कीम, एक वर्षसम्म शून्य खर्च

काठमाडौं । हस्कभर्नाले मोटरसाइकलले नयाँ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नयाँ मोटरसाइकल खरिद गर्दा एक वर्ष कुनैपनि खर्च नआउने स्कीम ल्याएको हो ।

कम्पनीले ‘थ्रील वीथ आउट दी विल’ नामक स्कीम सार्वजनिक गरेको हो ।

ग्राहकले हस्कभर्नाको मोटरसाइकल खरिद गरे पश्चात पहिलो वर्ष कुनै पनि खर्च गर्नु नपर्ने कम्पनीले जनाएको छ । यसमा ग्राहकले सर्भिसिङ गर्दा यसमा प्रयोग हुने पार्टस जस्तै एयर फिल्टर, मोविल फिल्टर डिस्क प्याड, इन्जिन आयल, सर्भिसिङ शुल्क तथा लेवर चार्ज कुनै पनि शुल्क लाग्ने छैन् ।

यो स्कीम सबै हस्कभर्ना सोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ । हस्कभर्नाका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाचन्द एण्ड कम्पनीले दुई मोडलका मोटरसाइकल विक्री गर्दै आइरहेको छ ।


Back_to_top