काठमाडौं । ओप्पो पछि अब भिभो मोवाइल निर्माता कम्पनी पनि इलेक्ट्रीक स्कुटर निर्माणमा लाग्ने भएको छ । यस अघि नै वनप्लस, रियलमी, एप्पल र शाओमी जस्ता स्मार्टफोन निर्माताहरूले पनि इलेक्ट्रिक भेहिकल निर्माण लागिसकेका छन् ।
भिभोले चाडै नै बजारमा इलेक्ट्रीक स्कुटर ल्याउने रिपोर्ट सार्वजनिक भएको हो ।
केही समय अगाडि भिभोले पहिलो इलेक्ट्रीक स्कुटरको लागि ट्रेडमार्क दर्ता गरिसेकको छ । भिभोले इलेक्ट्रीक सवारी, कार, बाइक, चालकविहीन कार, साइकल, मोपेड र रिमोट कन्ट्रोल सवारीसाधनलगायत अन्य उत्पादनहरू समावेश गरी क्लास १२ को श्रेणीमा ट्रेडमार्कका लागि आवेदन दिएको हो ।
भिभोले पहिले आफ्नो इलेक्ट्रिक भेहिकलहरु चीनमा लन्च गर्नेछ र पछि यी गाडीहरु अन्य देशहरुमा लन्च गर्ने बताईएको छ।।
भिभोको इलेक्ट्रिक स्कुटर र बाइक नवीनतम सुविधाहरूले सुसज्जित हुनेछ, जसमा स्मार्टफोन कनेक्टिभिटी, कीलेस एन्ट्री, भ्वाइस कमाण्ड र अन्य सुविधाहरू समावेश हुनेछन्।


