चांगन अटो चीनको अग्रणी प्यासेन्जर ब्रान्डले गत दुइ हप्तामा आफ्नो प्रिमियम सेडान एल्सभीन को एकहजार टेस्ट ड्राइभ गराउन सफल भएको छ। यस प्रिमियम सेडानको पपअप शोरुम गत २२ नोभेम्बर देखि सोल्टी होटेलमा रहेको छ।
ग्राहकहरुले सोल्टी होटेल गई एल्सभीनको टेस्ट ड्राइभ गर्न सक्नेछन्। टेस्ट ड्राइभका लागि हप्ताको सातै दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्मको समय तोकिएको छ। चांगन अटोले काठमाडौँ उपत्यकाको विभिन्न अपार्टमेन्टहरुमा समेत गाडी प्रदर्शनको लागि राखेको थियो। ती अपार्टमेन्टका निवासिहरुले एल्सभीनको टेस्ट ड्राइभ र सुबिधाहरु बारे जानकारी पाएका थिए।
यस बाहेक, ग्राहकहरुले अनकल टेस्ट राइड पनि लिन सक्ने कम्पनीले जनाएको छ ।
सोल्टी होटेलमा एल्सभीनको टेस्ट ड्राइभ १९ जनवरी सम्म सकिनेछ। यो साथसाथै विभिन्न हाउजिंगमा पनि गाडी डेमोका लागि राखिनेछ। ग्राहकहरुले टेस्ट राइड, सोल्टी होटेल अथवा अनकलद्वारा पनि प्राप्त गर्न सक्नेछन्। यसका साथै चांगान नेपालको वेबसाइट www.changannepal.com अथवा सिधै कल गरेर पनि टेस्ट राइडको बूकिंग गर्न सकिनेछ।


