रोयल इनफिल्डको नयाँ मोटरसाइकल, १२० सेकेन्डमा सोल्ड आउट

काठमााडौं । रोयल इनफिल्डले उत्पादन गरेको ६५० ट्वीनको एनिभर्सरि एडिशन १२० सेकन्डमा सोल्ड आउट भएको छ । कम्पनीले अनलाइन मार्फत विक्री खुल्ला गरेको ६५० एनिर्भसरि एडिशको १२० यूनिट नै सोल्ड आउट भएको हो ।

रोयल इनफिल्डको १२० वर्ष भएको अवसरमा इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जीटी ६५० को एनिभर्सरि एडिशन ल्याएको हो । कम्पनीका अनुसरा संसार भर यसको ४८० यूनिट मात्र उत्पादन हुनेछ । जस मध्य भारतमा विक्री हुने १२० यूनिट २ मिनेटमा नै सोल्ड आउट भएको हो ।

कम्पनीले (दुई दिन पहिला) ६ डिसेम्वरमा यसको अनलाइन बुकिङ खुल्ला गरेको थियो ।

यो मोटरसाइकलमा मेकानिकल चेन्ज भने देख्न पाइदैन । यसको ग्राफिका परिर्वतन गरिएको छ । यसको फ्युल ट्याङ ह्यान्ड मेड डाइकास्ट रहेको छ जसमा जससमा हातले बनाइएको दुइ गोल्डेन लाइन रहेको छ भने ट्याङको टपमा एक यूनिक सिरियल नम्वर दिइएको छ ।

यसक अलावा ६५० ट्वीन एनिभर्सरि एडिशनको इन्जिन, एक्जष्ट र टेल पार्ट फुल ब्ल्याक कलर थेममा दिइएको छ ।


Back_to_top