काठमाडौं । जावाका मोटरसाइकलमा ५ वर्षको सर्भिसिङ फ्रि हुने भएको छ । कम्पनीले बीएस ६ मोडलका सबै मोटरसाइकलमा लागू हुने गरि यो योजना ल्याएको हो ।
केही समय अघिमात्र कम्पनीले सबै मोटरसाइकल बीएस ६ भर्सनमा सार्वजनिक गरेको थियो ।
नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्राली अन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको हो ।
अन्य कम्पनीहरूले २ वर्षकाे अवधि मात्र फ्रि सर्भिसिङ दिने गरेकाे मा जावाले ५ वर्ष समय दिएकाे हाे ।
जावा मोटरसाइकल ग्राहकले काठमाण्डौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ्ग, बाग्लुङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी मोडलका जावा बाईकहरुमा फ्रि सर्भिसिङ्गको सुविधा लिन सक्नेछन् ।


