फोटोन मोटर्सकाे नेपालका लागि आधिकारीक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले बालकुमारी साेरूममा आगामी फागुन ८ गते देखि १५ गते सम्म एक्सचेन्ज क्याप आयाेजना गर्ने भएको छ । उक्त क्याम्पमा जुनसुकै कम्पनीका गाडी फोटोन को टुनल्याण्ड संग साट्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले पुराना गाडीहरु बजारमा प्रचलित मूल्यभन्दा उच्चतम भ्यालुएसन दिने जनाएको छ ।
उक्त एक्सचेन्ज क्याम्पमा फाईनान्सको सुबिधा पनि रहेको छ । साथै हरेक टेस्ट ड्राइभ आकर्षक उपहार योजना रहेको पनि कम्पनीले जनाएको छ ।
कम्पनीका सेल्सहेड नबिन आचार्यलका अनुसार उक्त क्याम्पमा ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न एमएडब्लू वृद्धि तल्लीन रहेको छ । यस एक्सचेन्ज क्यापले ग्राहकहरुलाई उत्कृष्ट एक्स्चेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।


