काठमाडौं । इलेक्ट्रीक टू ह्वीलर सेग्मेन्टमा नयाँ प्लेयरहरू भित्रने क्रम बढ्दो छ । यस्तोमा यामाहाले आगामी अप्रिल ११ तारिकमा भारतीय बजारमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने संकेत गरेको छ ।
कम्पनीले आफ्ना डिलरलाई ‘ब्लक योर डेट’ भन्दै निमन्त्रणापत्र पठाएको बाहिरिएको छ । उक्त पत्रमा भनिएको छ, ‘एकदमै स्टाइलिस, स्पोर्टी र नयाँ रोमान्चक भविष्यको लागि हामीसँग जोडिनुहोस् ।’
यसले के इसारा गर्छ भने यामाहाले इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले निकट भविष्यमा नै फ्युचरस्टिक नयाँ स्टाइलिस इलेक्ट्रीक स्कुटर बजारमा उतार्ने तयारी गरिरहेको छ । लगातर बढ्दै गइरहेको पेट्रोलको मूल्य तथा अन्य मूलधारका ब्राण्डहरू इलेक्ट्रीक सेग्मेन्टमा प्रवेश गरिहेको अवस्थामा यामाहाले पनि इलेक्ट्रीकमा पाइल बढाउने तयारी गरेको हुन सक्ने अनुमान गरिएको हो ।

यामाहा इन्डियाले यसअघि नै ई ०१ नाम रजिष्टर गरिसकेको छ । यो स्कुटर अन्तर्राष्ट्रिय बजारमा विक्रीमा रहेको छ । यामाहाले ताइवान वेस गोगोरो इंकसँगको सहकार्यमा यसलाई विकास गरेको हो ।
यामाहाले भारतीय बजारमा सार्वजनिक गर्ने पहिलो इलेक्ट्रीक स्कुटर म्याक्सी डिजाइनमा हुन सक्ने अनुमान गरिएको छ ।
कम्पनीले यसलाई प्रिमियम स्कुटरको रूपमा ल्याउन सक्नेछ । यसमा राइड मोड, एलइडी लाइट्स, टेलीस्कोपिक सस्पेन्सन, डिस्क ब्रेक, एबीएस, अलोय ह्वील, डिजिटल कन्सोल, कनेन्ट फिचर, स्वापएवल ब्याट्री प्याक जस्ता फिचर दिन सक्नेछ ।

