लाइसेन्स आबेदन फेरी बन्द !

काठमाडौं । यातायात व्यबस्था विभागले चैत्र १ गतेदेखि सवारीचालक अनुमति पत्रको आवेदन बन्द गर्ने भएको छ । विभागका अनुसार हालसम्म परेको आवेदनको यथासक्य चाँडो काम सकाउने र नयाँ आवेदन लिने भएको हो ।

विभागले जारी गरेको सुचनामा भनिएको छ, ‘हालसम्म परेको अनलाईन आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकाले यही मिति २०७८ चैत्र १ गतेदखि अर्को सुचना प्रकाशन नभएसम्मका लागि सावरी चालक अनुमति पत्रको अनलाईन आवेदन प्रणाली बन्द रहेने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।’

विभागका अनुसार हालसम्म करिव ६ लाखभन्दा धेरै अनलाईन आवेदन परेको र यसलाई टुङ्याउनका लागि केही समय लाग्ने भएका कारण नयाँ आवेदन बन्द गरिएको हो ।


Back_to_top