एकैपटक ६ वटा गाडी चार्ज गर्न मिल्नेगरी चितवनमा स्टेशन निर्माण सुरु

काठमाडौं । भरतपुर महानगरपालीको केन्द्रीय बसपार्क (पारस बसपार्क)मा सरकारी क्षेत्रबाट चार्जिङ स्टेशन निर्माण सुरु भएको छ । हिजो शुक्रबार शिल्यानास भएको चार्जिङ स्टेशन आगामी दुई महिना भित्रै संचालनमा आउने बताइएको छ ।

भरतपुर महानगरपालीकासँगको समन्वयमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने उक्त चर्जिङ स्टेशनको शिल्यानास महनगरको मेयर रेणु दाहालले गरेकी हुन् ।

शिल्यानासपछि केही तस्विर पोष्ट गर्दै मेयर दाहालले फेसबुक पेजमा लेखेकी छिन्, ‘महानगरको केन्द्रीय बसपार्कमा चार्जिङ स्टेशन स्थापना हुँदैछ । निर्माण सम्पन्न भएपछि एकै पटक ६ वटा गाडी चार्ज गर्न मिल्छ । निर्माणकार्य दुई महिना भित्र सम्पन्न हुनेछ ।’

विद्युतीय गाडीको विक्री बढ्न थालेसँगै निजी क्षेत्र र सरकारी तवरबाट चार्जिङ स्टेशन निर्माणले तिब्रता पाउन थालेको छ । भरतपुर सहित देशका विभिन्न ३२ स्थानमा प्राधिकरणले यही आर्थिक वर्ष भित्र चार्जर जडान गर्ने जनाएको छ ।


Back_to_top