काठमाडौं । लेभनिङ इलेक्ट्रीकका लागि नेपालको आधिकारिक विक्रेता इभी मोटर्स नेपालले एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ ।
कम्पनीले हरेक शनिवार विहान ११ बजेदेखि बेलुका ४ बजेसम्म एक्सचेन्ज मेला आयोजना गर्ने भएको हो ।
यो एक्सजेन्च मेलामा ग्राहकले कुनैपनि ब्राण्डका पुराना स्कुटर तथा मोटरसाइकलसँग लेभनिङका इलेक्ट्रीक स्कुटर एक्सचेन्ज गर्न सक्ने छन् ।
कम्पनीका अनुसार जुनसुकै ब्राण्डको जस्तो सुकै अवस्थाको मोटरसाइकल तथा स्कुटरको न्युनतम मूल्य १५ हजार रुपैयाँ गरिने छ ।
त्यस्तै एक्सचेन्ज मार्फत लेभनिङका इलेक्ट्रीक खरिद गर्ने ग्राहकले ३५ हजारसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।
यो एक्सचेन्ज मेला कम्पनीको आधिकारिक शोरुममा हरेक शनिवार संचालन गरिने छ भने यो मोलामा ग्राहकले फ्रि सर्भिसिङ र फ्रि वासिङ जित्न सक्नेछन् ।

