यस्तो छ एमजीले नेपालमा विक्री गर्ने ५ मोडलको मूल्य

काठमाडौं । एमजी (मोरिस ग्यारेज) को आधिकारीक वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपाली बजारमा ५ मोडलका विभिन्न १२ भेरियन्ट विक्री गर्दै आएको छ । कम्पनीले पेट्रोलियम पदार्थदेखि इलेक्ट्रीकबाट चल्ने गाडी विक्री गर्दै आएको छ ।

ब्रिटिस ब्राण्डले चीन र भारतमा उत्पादन भएका गाडी नेपाल ल्याएर विक्री गर्दै आएको छ । कम्पनीले अहिले भारतबाट हेक्टर मोडल ल्याएर विक्री गर्दै आएको हो । साथै, विद्युतीय सहितको अन्य ४ मोडल चाइनाबाट आयात गर्दै आएको छ ।

पारामाउन्ट मोटर्सले विक्री गर्ने सबैभन्दा कम मूल्यको कार जेडएस इभी हो भने सबैभन्दा महंगो मोडल एमजी एचएस मोडल हो । एमजी हेक्टरको सबैभन्दा धेरै भेरियन्ट विक्री हुँदै आएको छ भने एचएस एउटा मात्रै भेरियन्टमा उपलब्ध रहेको छ ।

नेपालमा एमजीले ५१ लाख ९९ हजारदेखि ८२ लाख ९० हजारसम्म मूल्य तोकेर गाडी विक्री गर्दै आएको छ ।

यस्तो छ सबै मोडल र भेरियन्टको मूल्य


Back_to_top