सन् २०२७ को मध्यसम्म ५ नयाँ मोडल लन्च गर्दै महिन्द्रा

काठमाडौं । भारतीय अटोमोबाइल निर्माता सन् २०२७ को मध्य (जुन महिना)सम्मका ५ नयाँ मोडल सार्वजनिक गर्ने घोषणा गरेको छ ।

महिन्द्राले यसअघि नै सन् २०३१ सम्ममा १६ वटा नयाँ मोडलहरू बजारमा ल्याउने घोषणा गरेको थियो । सोही क्रममा आगामी नयाँ वर्षको पहिलो ६ महिना भित्रै ५ नयाँ मोडल सार्वजनिक गर्ने स्पष्ट पारेको हो ।

महिन्द्राका अनुसार २०२७ जुनसम्म आउने नयाँ मोडलहरूमा ३ वटा प्यासेन्जर कार, एउटा लाइट कमर्शियल भेहिकल र एक फेसलिफ्ट मोडल रहेका छन् । यद्यपि, कम्पनीले यी गाडीहरूको आधिकारिक नाम र विस्तृत विवरण भने अझै गोप्य राखेको छ ।

कम्पनीले नयाँ मोडल बजारमा ल्याउने तयारी समेत तीव्र बनाइरहेको छ । कम्पनीले हाल भिजन एसअन्तर्गत सबकम्प्याक्ट एसयूभी, बीई ०७ इलेक्ट्रीक एसयूभी र स्कोर्पियो लाइफस्टाइलर पिकअप ट्रकको सडक परीक्षण गरिरहेको छ । यी मोडलहरूको
उत्पादन चरणमा प्रवेश गरेकाले चाँडै लन्च हुने सम्भावना छ ।

नयाँ रफ एण्ड टफ भिजन एस एसयूभीको व्यापक परीक्षणका क्रममा सार्वजनिक भएका स्पाइ तस्बिरहरूले यो कन्सेप्ट मोडलसँगै मिल्दोजुल्दो छ । आधुनिक सहरी ग्राहकहरूलाई लक्षित गरी निर्माण गरिएको यो एसयूभीमा ठाडो र बक्सी डिजाइन, महिन्द्राको परिचित तेर्सो स्ल्याट ग्रिल, स्पोर्टी बम्पर, ३६० डिग्री क्यामेरा सेटअपका लागि ओआरभीएममा एकीकृत क्यामेरा र ठूला ह्वील आर्च क्ल्याडिङ रहने छन् ।

महिन्द्राको एनयू आइक्यू प्लेटफर्ममा आधारित यो गाडी हालै सार्वजनिक गरिएको थार ओजीबाट प्रभावित हुनेछ । यसलाई पेट्रोल, डिजेल र पछि विद्युतीय पावरट्रेन विकल्पमा उपलब्ध गराइनेछ ।

त्यसैगरी महिन्द्रा बीर्ई ०७ विद्युतीय एसयूभीले बजारमा उपलब्ध बीई ६ मोडलसँग पावरट्रेन साझा गर्ने अपेक्षा गरिएको छ । यो ५९ किलोवाट आवर, ७० किलोवाट आवर र ७९ किलोवाट आवर ब्याट्री प्याक विकल्पमा आउने छ । यसको माथिल्लो भेरियन्टले ७०८ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने दाबी गरिएको छ।

यस गाडीको भित्री भागमा ट्रिपल स्क्रीन ड्यासबोर्ड, ड्यासक्याम, लाइटसहितको ग्लास रुफ, मल्टिकलर एम्बियन्ट लाइटिङ र लेभल २ एडास प्रविधि जस्ता अत्याधुनिक सुविधाहरू रहनेछन्।

त्यस्तै, स्कोर्पियो लाइफस्टाइलर पिकअप सन् २०२३ मा सार्वजनिक गरिएको ‘ग्लोबल पिक अप’ अवधारणामा आधारित छ । स्कोर्पियो एनको च्यासिसमा निर्मित यो डबल क्याब पिकअप ट्रकमा क्रोम एक्सेन्टसहितको हानीकोम्ब ग्रिल, मस्कुलर स्किड प्लेट, एल आकारको डीआरएल सहितका हेडल्याम्प र सी आकारका टेलल्याम्प समावेश गरिएका छन्।

यसमा स्कोर्पियो एनकै २.२ लिटर डिजेल र २.० लिटर टर्बो पेट्रोल इन्जिन राखिनेछ । यी इन्जिनसँग ६-स्पीड म्यानुअल र अटोमेटिक ट्रान्समिसन उपलब्ध हुनेछ ।


Back_to_top