काठमाडौं । यामाहा इन्डियाले केही दिनअघि एमटी १५ को उत्पादन बन्द गरेको थियो । अचानक उत्पादन बन्द भएसँगै नयाँ भर्ससनको तयारी भइरहेको अनुमान भएको थियो ।
यामाहा एमटी १५ भर्सन २ को बुकिङ भारतीय डिलर नेटवर्कबाट सुरु भएको समाचार बाहिर आएको छ । यद्यपि अहिलेसम्म कुन मितिमा यसको विक्री सुरु हुन्छ भन्ने कुरा बाहिर आएको छैन ।
यामाहाले नयाँ एमटी १५ लाई निकै प्रिमियम बनाउने अनुमान गरिएको छ । कम्पनीले यसको सस्पेन्सन पनि परिवर्तन गर्ने अनुमान गरिएको छ । साथै, नयाँ कलर अप्सन पनि थप हुन्छ ।
यामाहाले नयाँ एमटी १५ मा क्वीक सिफ्टर, ट्रयाक्सन कन्ट्रोल, बहिरी डिजाइनमा पनि परिमार्जन गर्नेछ । तर, कम्पनीले यसको इन्जिनमा भने कुनै परिमार्जन गर्ने छैन ।
यसमा दिइएको भिभिए टेक्नोलोजीमा आधारित इन्जिनले अधिकतम १० हजार आरपीएममा १८.१ हर्सपावर र ७५०० आरपीएममा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।

