काठमाडौं । अमेरिकी इभी निर्माता कम्पनी टेस्लाले सन् २०२२ को पहिलो तीन महिनामा रेकर्ड विक्री आँकडा भेट्टाएको छ । कम्पनीले तीन महिनाको विक्रीलाई आधार मान्दा अहिलेसम्मकै धेरै विक्री गर्न सफल भएको हो ।
टेस्लाले जनवरीदेखि मार्च अन्तिमसम्ममा ३ लाख १० हजार ४८ यूनिट टेस्लाका कार विक्री गरेको तथ्यांक सार्वजनिक भएको छ । कम्पनीले सन् २०२१ को अन्तिम क्वाटर अक्टोबरदेखि डिसेम्बर अन्तिमसम्मको क्वाटरमा ३ लाख ८ हजार ६०० यूनिट कार विक्री गरेको थियो ।
टेस्लाले विभिन्न ४ मोडल उत्पादन र विक्री गर्दै आएको छ । कम्पनीले तीन महिनाको अवधिमा प्रिमियम मोडल एस र मोडल एक्स १४ हजार ७२४ यूनिट विक्री गरेको छ । साथै धेरै विक्री हुने मोडल वाई र मोडल थ्रिको विक्री २ लाख ९५ हजार ३२४ यूनिट गरेको तथ्यांक सार्वजनिक गरेको हो ।
यस अवधिमा नेपाली बजारमा भने टेस्लाका दुई यूनिट कार मात्रै आयात भएको भन्सार तथ्यांकले देखाएको छ ।

