काठमाडौं । हिरोले नेपालमा विक्री सुरु गरेको मेस्ट्रो एफआई इन्जिनमा आएको छ । यसअघि कार्बुरेटर इन्जिनमा उपलब्ध मेस्ट्रो स्कुटर बीएस ६ इन्जिनमा नेपाल आएको हो ।
कम्पनीले मेस्ट्रो एजलाई नयाँ इन्जिनमा मात्रै नभएर स्मार्ट कनेक्ट फिचरसमेत दिएर ल्याएको हो । यसअघि नेपालमा टीभीएस एनटर्क १२५ स्मार्ट कनेक्ट फिचर भएको स्कुटर थियो । यो रेसमा मेस्ट्रो १२५ पनि थपिएको छ ।
यो स्कुटरमा १२४.६ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन छ । उक्त इन्जिनले ९ बीएच पावर तथा १०.४ एनएम टर्क जेनेरेट गर्छ ।
हिरोले यसमा प्रोजेक्टर एलइडी हेडल्याम्प, डिजिटल स्पीडो मिटर, साइड स्ट्याण्ड इन्जिन कट अफ जस्ता फिचर दिएको छ । साथै, ब्लूटूथ केनेक्टिभिटी फिचरले यसलाई चालकमैत्री बनाएको छ । चालकले मेस्ट्रो एजमा ब्लूटूथ मार्फत आफ्नो स्मार्टफोन कनेक्ट गरेर कल अर्लट, एसएमएस अर्लट तथा नेभिगेशन एसिस्ट जस्ता फिचर प्रयोग गर्न सक्नेछन् ।

मेस्ट्रो १२५ स्कुटरमा १५५ एमएमको ग्राउण्ड क्लियरेन्स, ५ लिटर क्षमताको इन्धन ट्याङ्क, डिस्क ब्रेक, अलोय ह्वील पाउन सकिन्छ । एनजीएम हिरोले मेस्ट्रो एज १२५ को मूल्य २ लाख ६६ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको छ ।


