प्रतिलिटर २७ किलोमिटर माइलेज दिने होन्डा सिटी

काठमाडौं । बढ्दो पेट्रोलियम पदार्थको मूल्यबाट आजित भएका मानिसलाई होन्डाले नयाँ जोस प्रदान गरेको छ । होन्डाले प्रतिलिटर २७ किलोमिटर रेन्ज दिनेगरी सिटीलाई हाइब्रिड इन्जिनमा ल्याएसँगै उच्च माइलेज पाउन सकिने भएको हो ।

जापनीज अटोमोवाइल कम्पनी होन्डाले अफ्नो सफल सेडान सिटीलाई हाइब्रिड टेक्नलोजीमा अर्को हप्ता बजारमा ल्याउने जनाएको छ । कम्पनीले यही अप्रिल १४ तारिकमा भारतीय बजारमा यसलाई सार्वजनिक गर्नेछ ।

अन्तर्राष्ट्रिय बजारमा पहिला देखिनै उपलब्द होन्डा सिटी इएचइभी सोही स्पेसीफिकेशनमा भारतमा आउन लागेको हो । होन्डा सिटीमा १.५ लिटर नेचुरल्ली एस्पीरेटेड ४ सिलिण्डर इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ९८ पीएस पावर र १२७ एनएम पीक टर्क प्रदान गर्छ ।

यसका अलावा यो कारमा दुईवटा इलेक्ट्रीक मोटर रहेको छ । एउटा मोटरले जेनेरेटर स्टाटरको काम गर्छ भने, अर्को मोटरले इसीभीटी गियरबक्सको सहयोगमा चक्का गुडाउने काम गर्छ । यसको इलेक्ट्रीक मोटरले १०९ पीएस पावर तथा २५३ एनएम पिक टर्क जेनेरेट गर्छ ।

हाइब्रिड पावरट्रेनको इलेक्ट्रीक मात्र, हाइब्रिड र पेट्रोलमात्र गरी तीनथरी ड्राइभिङ मोड रहनेछ । इलेक्ट्रीक मोडमा मात्र कम रेन्जमा कार चलाउन सकिनेछ ।

हाइब्रिड मोडमा पेट्रोल इन्जिनले कारमा रहेको लिथियम आयोन व्याट्री चार्ज गर्छ । जसका कारण उच्च माइलेज पाउन सकिन्छ । पेट्रोल मोड भने उच्च पफर्मेन्स चाहिँदा प्रयोग गर्न सकिन्छ ।


Back_to_top