आउने भयो सुजुकीको नयाँ एड्भेन्चर मोटरसाइकल

काठमाडौं । सुजुकीको इन्ट्री लेभल एड्भेन्चर मोटरसाइकल भि–स्ट्रोम २५० परिक्षणको क्रममा देखिएको छ । भारतीय बजारमा समेत आउने यो मोटरसाइकल यसअघि पनि परिक्षण भएको तस्विर बाहिर आएको थियो ।

सुजुकी इन्डियाले परिक्षण गरिरहेको भि–स्ट्रोम २५० आफ्नो आधिकारिक वेवसाइटमा समेत राखिसकेको छ । कम्पनीले भि–स्ट्रोम २५० एसएक्स चाँडै लन्च हुने जनाएको छ ।

यो मोटरसाइकलमा सुजुकी कनेक्ट फिचर, डबल च्यानल एबीएस जस्ता फिचर हुने कम्पनीले वेवसाइटमा उल्लेख गरेको छ ।

सुजुकी भि स्ट्रोम सिरिज ग्लोवल मार्केटमा लोकप्रिय एड्भेन्चर मोटरसाइकल हो । नेपालमा पनि भिआईपी सवारीमा प्रयोग गर्न भन्दै नेपाल प्रहरीले भि स्ट्रोम ६५० खरिद गरेको थियो ।

भि स्ट्रोम २५० एड्भेन्चर भि स्ट्रोम ६५० बाट प्रभावित रहेको छ । यसमा २४९ सीसी लिक्विड कुल्ड, फोर स्ट्रोक इन्जिन रहेको छ । यो इन्जिनले २५ पीएस पावर तथा २३.४ एनएम पिक टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यो मोटरसाइकल केही दिन भित्र नै भारतीय बजारमा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । भारतमा विक्री सुरु भएको केही समयपछि यो एड्भेन्चर मोटरसाइकल नेपाल पनि आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top