क्रसफायरका मोटरसाइकल किन्दा १ लाख ५० हजारसम्म जित्न सकिने, ब्याजदर २.७९ प्रतिशत

काठमाडौं । क्रसफायरले नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ । क्रसफार तथा इटालीका ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता क्लासीक ह्वील इम्र्पोट एण्ड एक्सर्पोटले नयाँ वर्ष २०७९ स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको नयाँ वर्ष स्कीममा नगद छुटदेखि एक्सचेन्ज बोनससम्म रहेका छन् । कम्पनीले क्रसफायर तथा इटालीका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्क्याचमार्फत नगद १० हजारदेखि ५० हजार रुपैयाँसम्म जित्न सकिने स्कीम ल्याएको हो ।

त्यस्तै, एक्सचेन्ज मार्फत मोटरसाइकल खरिद गर्न चाहने ग्राहकका लागि एक्सचेन्ज वोनस २५ हजार रुपैयाँ दिने कम्पनीले जनाएको छ । कुनै पनि कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटरसँग क्रसफायरको नयाँ मोटरसाइकल एक्सचेन्ज गर्न सक्नेछन् ।

त्यसैगरी यस स्कीममा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १५ हजार बराबरको एशोसरिज निःशुल्क प्राप्त गर्नेछन् । साथै, हरेक हप्ता २ जना ग्राहकले २ रात ३ दिनको हिमालयन फ्रन्ट होटल पोखराको प्याकेज पनि पाउने छन् । यो स्कीमको बम्पर उपहारमा एकजना भाग्यशाली विजेताले १ लाख ५० हजार रुपैयाँ जित्नेछन् ।

क्लासीक ह्वीलले फाइनान्स स्कीमसमेत ल्याएको छ । कम्पनीले क्रसफायर तथा इटालीकाका मोटरसाइकल तथा स्कुटर फाइनान्स मार्फत खरिद गर्न चाहने ग्राहकहरुका लागि २.७९ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराउने जनाएको छ । यो योजना चैत्र २७ देखि ११ बैशाखसम्म संचालन हुने कम्पनीले जनाएको छ ।


Back_to_top