काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा ग्राहकलाई अपग्रेड गर्न सहयोग गर्ने उद्देश्यले ‘टाइम फर एन अपग्रेड’ स्कीम ल्याएको छ ।
यही चैत्र २४ देखि २७ गते सम्म चल्ने उक्त इभेन्टमा ग्राहकले अफुनो जुनसुकै कारलाई नयाँ टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, ¥याभ फोर हाइब्रिड, प्राडोसँग साट्न सक्ने छन् ।
ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्न युटिएसले यो योजना संचालनमा ल्याएको जनाएको छ ।
यस अपग्रेड इभेन्टमा युटिएसले प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरुलाई पुरानो गाडीको उचित मुल्यांकन, सजिलो पÞmाइनन्सिङ्ग तथा टेस्टड्राइभ गर्नेहरुका लागि आकर्षक गिफ्ट प्याकेज लगायतका अफरहरु प्रदान गर्दैछ ।

