ट्यारोले ल्यायो नयाँ वर्ष स्कीम, मोटरसाइकल किन्दा बैंकक घुम्ने अफर

कााठमाडौं । ट्यारोले नयाँ वर्ष २०७९ को स्कीम सार्वजनिक गरेको छ । इटालीय ब्राण्ड ट्यारोका लागि नेपालको आधिकारि विक्रेता कम्पनी ओम मोटोकर्पले नयाँ वर्ष २०७९ स्कीम सार्वजनिक गरेको हो ।

चैत्र २४ देखि प्रारम्भ भएको यो स्कीम आगामी बैशाख ३१ सम्म लागू हुने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत ट्यारो ब्रान्डका कुनै पनि स्कुटर खरिद गर्दा नगद १५ हजार रुपैयाँ र मोटरसाइकलमा नगद ३० हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सकिने छ । मोटरसाइकल अन्तर्गत जीपी२ २०० खरिद गर्दा २० हजार, जीपी१ २५० एसआरमा २५ हजार र जीपी१ ३८० मा ३० हजार रुपैयाँ छुट पाइने छ ।

नगद छुटका साथै कम्पनीले यो योजना अन्तर्गत ट्यारो ब्राण्डका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने मध्ये २ जना भाग्यशाली ग्राहकहरुलाई लक्की ड्रमाफर्त बैंककको प्याकेज जित्न सक्नेछन् ।

ओम मोटो कर्पले नक्सालको नारायण चौरमा आफ्नो कर्पोरेट शोरुमको विस्तार गर्दै काठमाडौंको भत्केकोपुल र रातोपुलको कोरेडोरमा आफ्नो अत्याधुनिक सर्भिस सेन्टरको निर्माण अन्तिम चरणमा पु¥याएको जनाएको छ । त्यस्तै टेकुस्थित वाइकर्स मार्ट्सले पनि कम्पनीको आधिकारिक बिक्री प्वाइन्ट लिदैं यस व्राण्डको वाइक तथा स्कुटर बिक्री गर्दै आएको छ ।

उपत्यका वाहिरका मुख्य मुख्य सहरहरुमा धरान, इटहरी, विर्तामोड, दमक, चितवन, बुटवल, पोखरा, दाङ्ग, नेपालगन्ज र धनगढीमा डिलर विस्तारको योजना अघि सारेको छ भने हेटौंडामा कम्पनीले डिलर छनौटको प्रक्रिया सकेर आवश्यक संरचनाको निमार्ण कार्यलाई अघि बढाउदै सानोपोखरास्थित ओम अटोमोबाइल्समार्फत बिक्री सेवा प्रदान गर्दै आएको बताएको छ ।

ट्यारो ब्राण्डका इमोला १५० एलेक्सको मूल्य ३ लाख ३० हजार, जीपी१ २५० एसआरको मूल्य ६ लाख ५० हजार र जीपी१ ३८० को मूल्य ९ लाख ५० हजार रुपैयाँ निर्धारण गरेर विक्र गर्दै आएको छ ।


Back_to_top