सडक परीक्षणमा देखियो सुजुकीको नयाँ इलेक्ट्रीक एमपीभी

काठमाडौं । मारुती सुजुकीले आफ्नो नयाँ इलेक्ट्रीक एमपीभी सडक परीक्षणको क्रममा देखिएको छ । कम्पनीले ‘वाइएमसी’ कोडनेम दिएको नयाँ इलेक्ट्रीक एमपीभी भारतीय सडकमा परीक्षण गरिरहेको तस्बिर बाहिरिएको हो ।

प्राप्त जानकारी अनुसार यो इलेक्ट्रीक एमपीभीले आफ्नो धेरैजसो पार्टपुर्जा र प्लेटफर्म सुजुकीको ई भिटार एसयूभीसँग शेयर गर्नेछ । यसलाई पनि ई भिटारा झैं मारुतीको प्रिमियम रिटेल नेटवर्क ‘नेक्सा’ मार्फत बिक्रीमा ल्याइने सम्भावना छ ।

सार्वजनिक स्पाइ तस्बिर अनुसार गाडीको अगाडि भागमा भिक्टोरिससँग मिल्दोजुल्दो ‘र्यापअराउण्ड’ एलईडी हेडल्याम्प, तलतिर फैलिएका स्ल्याटेड डीआरएल दिइएको छ । ईभी भएकाले यसको ग्रिल बन्द राखिएको छ भने बम्परको ठिक माथि पातलो एयर इन्टेक र तल्लो भागमा फराकिलो एयर ड्याम राखिएको छ ।

साइडबाट हेर्दा यो एमपीभी निकै बक्स आकारको र ठाडो देखिन्छ । यसको ह्वील आर्च र ग्लाश एरियालाई स्क्वायर अफ डिजाइन दिइएको छ । यसको पछाडि क्लिन लेन्ससहितको फुल विथ लाइट बार र स्लिम रिफ्लेक्टरसहितको आकर्षक बम्पर जडान गरिएको छ ।

नयाँ एमपीभीको इन्टेरियरमा ई भिटाराकै शैलीमा जोडिएको कनेक्टेड स्क्रीन सेटअप प्रयोग गरिएको देखिन्छ ।

यसमा ई भिटारामा जस्तै ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री विकल्पहरू उपलब्ध गराइने अपेक्षा गरिएको छ । दुवै भेरियन्टमा १८९ एनएम टर्क उत्पन्न गर्ने फ्रन्ट माउन्टेड मोटर रहनेछ ।

ई भिटाराका ४९ किलोवाट आवर ब्याट्रीले एकपटकको फुलचार्जमा ४४० किमी र ६१ किलोवाट आवरले ५४३ किमी रेन्ज दिने दाबी छ । तर, वाइएमसी एमपीभीको आकार ठूलो भएकाले यसको रेन्ज केही कम हुन सक्ने अनुमान गरिएको छ ।

मारुती सुजुकीले यो इलेक्ट्रिक एमपीभी लाई सन् २०२६ को अन्त्यसम्ममा सार्वजनिक गर्ने लक्ष्य राखेको छ । आधिकारिक बिक्री भने सन् सन् २०२७ देखि हुने सम्भावन रहेको बताइएको छ ।


Back_to_top