कौशलटारमा गुडिरहेको बसमा धुँवाको मुस्लो निस्किएपछि…

काठमाडौं । भक्तपुरको कौशलटारमा गुडिरहेको यात्रुबसबाट धुँवाको मुस्लो निस्किएको छ ।

मंगलबार काठमाडौंबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ३ ख ९६६३ नम्बरको यात्रुवाहक बसमा एक्कासी धुँवाको मुस्लो देखिएको हो ।

बसमा चालकसहित २० जना यात्रु सवार थिए भने कुनै मावनीय क्षति भएको छैन ।

बसमा के कारणले धुँवाको मुस्लो निस्कियो भन्ने कारण खुलेको छैन । घटना बारे थप विवरण आउन बाँकी छ ।


Back_to_top