काठमाडौं । एसटीसी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बनेको छ।
जनकपुर बोल्ट्स र एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालि बीच काठमाडौंको र्याडिसन होटलमा सहकार्य सम्बनधी सम्झौतामा हस्ताक्षर भएको हो ।
यस सहकार्य अन्तर्गत एसटीसीलाई टिमको ब्राण्डिङ, म्याचडे, होस्पिटालिटी र डिजिटल अभियानहरूमा प्रमुखताका साथ समावेश गरिनेछ । जसले यस साझेदारीलाई सिजनभरि बोल्ट्स परिवारको एक अभिन्न हिस्सा बनाउने छ ।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले एसटीसी इनर्जी इन्डस्ट्रिजलाई आधिकारिक गो ग्रीन इनर्जी पार्टनरका रूपमा स्वागत गर्न पाउँदा आफूहरु निकै खुसी रहेको बताए ।
‘एसटीसीको राइड र इनर्जी ब्याट्रीलेहाम्रा युवा र गतिशील फ्यानहरूको दैनिक जीवनसँग सिधा जोडिन्छ । र यो साझेदारी भरपर्दो ऊर्जा र दिगो भविष्यप्रतिको साझा प्रतिबद्धतामा आधारित छ। एनपीएल सिजन ३ मा एसटीसी लाईसाथमा पाउँदा हामी उत्साहित छौँ र हाम्रा फ्यान तथा मधेशका जनतासँगै एक सम्मानजनक सिजनको अपेक्षा गरेका छौँ,’ उनले भने ।
एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिका डाइरेक्टर लक्ष्मीप्रसाद उप्रेतीले जनकपुर बोल्ट्ससँग गो ग्रीन इनर्जी पार्टनरका रूपमा जोडिन पाउँदा गौरवान्वित भएको बताइ ।
‘हाम्रो राइड र इनर्जी ब्याट्री ब्राण्डले भरपर्दो र दिगो ऊर्जाको प्रतिनिधित्व गर्छ, र यो सोच बोल्ट्सका फ्यानहरूको ऊर्जा र जोशसँग पूर्णरूपमा मेल खान्छ। हामी यस साझेदारीमार्फत नेपालभरिका क्रिकेटप्रेमीसम्म पुग्न र सिजनभरि टिमसँगै उत्तिकै जोशका साथ उभिन पाउँदा उत्साहित छौं,’ उनले भने ।

