औद्योगिक क्षेत्र भित्रका सर्भिस सेन्टर, वर्कशपको सम्झौता नवीकरण नहुने

काठमाडौं । सरकारले औद्योगिक क्षेत्र भित्र संचालनमा रहेका गैर उत्पादनमूलक उद्योग, व्यवसायको सम्झौता नवीकरण नगर्ने भएको छ ।

सरकारले जारी गरेको ‘औद्योगिक क्षेत्र संचालन तथा व्यवस्थापन विनियमावली, २०८३’मा यस्तो व्यवस्था गरिएको हो ।

नियमावली अनुसार औद्योगिक क्षेत्र भित्र संचालित प्राथमिकतामा नपरेका र सवारी साधनको मर्मत सम्भार गर्ने (सर्भिस सेन्टर, ग्यारेज र वर्कसप) लगायत क्षेत्रभित्र संचालन गर्न उचित नभएको भनी समितिले ठहर्याएका उद्योग, व्यवसाय नवीकरण नहुने व्यवस्था गरिएको छ ।
हाल क्षेत्रमा रहेका उद्योग वा

‘…अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विनियम ५ अनुसार प्राथमिकताक्रममा नपरेका र सवारी साधनको मर्मत सम्भार गर्ने (सर्भिस सेन्टर, ग्यारेज र वर्कसप) लगायत क्षेत्रभित्र सञ्चालन गर्न उचित नभएको भनी समितिले ठहर्याएका हाल क्षेत्रमा रहेका उद्योग वा व्यवसायको हकमा साविककै उद्देश्य कायम राखि सम्झौता नवीकरण गरिने छैन,’ विनियमावलीमा भनिएको छ ।

यद्यपि, नवीकरण हुन नसक्ने गैर उत्पादनमूलक उद्योगको हकमा उत्पादनमूलक कार्यको लागि नयाँ उद्योग स्थापना गर्न वा उद्देश्य परिवर्तन गर्न सक्ने छन् ।

विनियमावलीले गैर उत्पादनमूलक उद्योग व्यवसायलाई नयाँ उद्योग तथा उत्पादनमूलक उद्योग खोल्न प्रोत्साहन गरेको छ । औद्योगिक क्षेत्रमा ३ वर्ष भित्र नयाँ उद्योग स्थापना गरेमा वा उद्देश्य परिवर्तन गरी उत्पादनमूलक उद्योगमा परिवर्तन गरेमा सम्झौता गर्नु पूर्व लाग्ने प्रवेश शुल्क छुट दिइने व्यवस्था गरिएको छ ।

विनियमावलीमा उत्पादनमूलक उद्योगलाई गैर्र उत्पादनमूलक उद्योगमा गाभ्न पनि भने निषेध गरिएको छ ।


Back_to_top