तयार भयो ‘आर्टिगा फेसलिफ्ट’

काठमाडौं । मारुती सुजुकीको एमपीभी आर्टिगाको मिड साइकल अपडेट आउने भएको छ । भारतीय बजारमा कम्पनीले यसको प्रि बुकिङ सुरु गरेर गाडी तयार भएको जनाएको हो ।

विभिन्न रिपोर्टका अनुसार ११ हजार भारतीय रुपैयाँ तिरेर ग्राहकले बुकिङ गर्न सक्नेछन् । कम्पनीले नयाँ आर्टिगा अप्रिल अन्तिमसम्ममा बजारमा आउने छ ।

नयाँ आर्टिगामा के सीरीज १.५ लिटर, डियूल भिभिटी इन्जिन दिइएको छ भने यसअघि प्रयोग भएको ४ स्पीड म्यानुअल गियरबक्सको सट्टामा प्याडलसिफ्टर सहितको ६ स्पीडको अटोमेटिक गियरबक्स रहनेछ ।

मारुती सुजुकी आर्टिगामा सुजुकी कनेक्ट सहितको ७ इन्चको स्मार्टप्ले प्रो टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । डिजाइनको आधारमा हेर्ने हो भने यो एमपीभीमा खासै परिवर्तन नभए पनि फ्रन्ट ग्रिलको डिजाइन नयाँ बलेनोमा जस्तै परिवर्तन हुने अपेक्षा गरिएको छ ।


Back_to_top