मेरोअटो मोटर र्‍यालीको मुख्य प्रायोजकमा ‘प्रभु लाइफ’

काठमाडौं । अटोमोटिभ्स प्रालिले गत वर्षबाट आयोजना गर्दै आएको ‘मेरोअटो मोटर र्‍याली’को मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स कम्पनी भएको छ । हिजो सोमबार मुख्य प्रायोजक सम्बन्धी सम्झौंतामा अटोमोटिभ्स प्रालिका निर्देशक उज्वल घिमिरे र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका निमित्त कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका थिए ।

सम्झौंतासँगै अब र्‍यालीको नाम ‘प्रभु लाइफ इन्स्योरेन्स प्रिजेन्ट्स मेरोअटो मोटर र्‍याली’ रहने छ ।

आगामी बैसाख ९ गते शुक्रबार विहान काठमाडौंबाट सुरु हुने उक्त र्‍यालीमा ५० भन्दा बढि ४ पाङ्ग्रे सवारीमा १०० भन्दा बढि व्यक्तिहरु सहभागी हुने छन् । उक्त र्‍याली काठमाडौं बत्तीसपुतलीबाट सुरु भएर बनेपा, धुलिखेल, भकुन्डेबेसी, नेपालथोक हुँदै मुलकोटमा पुगेर समाप्त हुनेछ ।

र्‍यालीमा नेपालको अटोमोवाइल, कर्पोरेट, बैकिङ, इन्स्योरेन्स तथा उद्यमीहरुको सहभागीता रहनेछ । ‘ड्राइभ सेफ नाउ, इन्जोय आफ्टर वाड्स’ ट्यागलाइन सहित आयोजना हुने र्‍यालीमा सडक सुरक्षा र हाइवेमा सुरक्षीत तरिकाले सवारी चलाउने उपायहरु समेत सिक्न सकिन्छ ।


Back_to_top