नेक्सन इभीलाई टक्कर दिन कियाको नयाँ इलेक्ट्रीक एसयूभी

सांकेतिक तस्बिर

काठमाडौं । कियाले भारतीय बजारमा नयाँ इलेक्ट्रीक एसयूभी उत्पादन गर्ने भएको छ । कोरियन कार निर्माताले टाटा नेक्सन इभीलाई टक्कर दिन इलेक्ट्रीक एसयूभी ल्याउने तयारी गरेको हो ।

हुन्डाई-किया ग्रुपले भारतमा विद्युतीय गाडीको माग बढेसँगै उत्पादन सुरु गर्न लागेको हो । दुबै ब्राण्डले आफ्नो पहिलो उत्पादनको रुपमा सब फोर मिटर एसयूभीलाई विद्युतीयमा ल्याउन लागेको रिपोर्टहरु सार्वजनिक भएका छन् । हुन्डाईको भेन्यू र कियाको सोनेट इलेक्ट्रीक भर्सनमा आउन लागेको बताइन्छ ।

कियाले भारतमा उत्पादन गर्ने विद्युतीय कार ग्लोबल मोडलको रुपमा आउने छ । भारतमा इभी उत्पादन गरेर कियाले यूरोप र अन्य बजारमा विक्री गर्ने योजना बनाइरहेको छ ।

सार्वजनिक भएका विभिन्न रिपोर्टहरुको अनुसार कम्पनीले नयाँ सब फोर मिटर एसयूभीमा ३० देखि ४० किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री रहने छ भने करिब ९५ किलोवाट क्षमताको मोटर रहने दावी गरिएको छ । नयाँ इन्ट्री लेभल एसयूभीको रेन्ज ३ सयदेखि ३५० किलोमिटर रहने अनुमान गरिएको छ ।


Back_to_top