केही सेकेन्डमै छत खुल्ने ‘फेरारी-२९६ जीटीएस’ सार्वजनिक

काठमाडौं । फेरारी-२९६ जीटीएसको ओपन टप भएको मोडल सार्वजनिक भएको छ । कम्पनीले यसलाई मिड इन्जिन हाइब्रिड सुपरकारको रुपमा यसलाई सार्वजनिक गरेको हो ।

फेरारीले यसको छत खुल्न र बन्द हुन केवल १४ सेकेन्ड लाग्छ । कम्पनीले यसमा ३.० लिटर भि सिक्स इन्जिन दिएको छ । ट्वीन टर्बो हाइब्रिड इन्जिन उपलब्ध यो कारमा रहेको रेगुलर इन्जिनले ६६४ हर्स पावर र इलेक्ट्रीक मोटर १६६ हर्सपावर प्रदान गर्छ । दुबै मोटरको कम्बाइन पावर ८३० हर्सपावर रहेको छ ।

गाडीको स्पीड पनि निकै चमत्कारीक छ । यो कारले सून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन केवल २.९ सेकेन्ड लाग्छ । यसको उच्च गति क्षमता ३३० किलोमिटर प्रतिघन्टा रहेको छ ।


Back_to_top