काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी वाइवाइडीले न्यू इनर्जी भेहिकल (एनईभी) उत्पादनमा नयाँ कीर्तिमान बनाएको छ । कम्पनीले आफ्नो १ करोड ९० लाखौं युनिट उत्पादन गर्दै नयाँ रेकर्ड बनाएको हो ।
कम्पनीले सोमबार सामाजिक संजाल वेइबो मार्फत १ करोड ९० औं लाख युनिटको ऐतिहासिक माइलस्टोन पार गरेको जानकारी दिएको हो ।
कम्पनीले पारिवारिक प्रयोगकर्तालाई लक्षित गर्दै ल्याउन लागेको फ्याङ चेङ बाओको फ्ल्यागसिप एसयूभी ‘ताई ९’ रोल आउट गर्दै उक्त उपलब्धि हासिल गरेको हो ।
गत जुलाई ८ मा १ करोड ७० लाखौं युनिट एनईभी उत्पादन पूरा गरेको कम्पनीले पछिल्लो ४ महिनामै थप २० लाख युनिट एनईभी उत्पादन गरेको हो ।
बीवाइडीले डिसेम्बर २००८ मा आफ्नो पहिलो एनईभी मोडल उत्पादन गरेको थियो । मे २०२१ सम्ममा मात्र यसको १० लाखौं एनईभी उत्पादन भएको थियो । त्यसयता, उत्पादन र बिक्री दुवै क्षेत्रमा यसको गति उल्लेख्य रूपमा बढेको छ।
२०२४ नोभेम्बर १८ मा कम्पनीले १ करोडौं सवारी साधनको कोशेढुङ्गा पार गरेको थियो । १ करोडबाट १ करोड ५० लाख सवारी साधन पुग्न केबल १३ महिना लागेको थियो।
चीनको शेन्जेनमा मुख्यालय रहेको बीवाइडी विश्वकै ठूलो अटोमोबाइल कम्पनी समेत हो । बीवाइडीले हाल ओसियनरडाइनास्टि सिरिज, डेन्जा, फाङचेनबाओ र याङवाङ सबब्राण्डमा प्योर इलेक्ट्रीक र हाइब्रिड गाडी उत्पादन गर्दै आएको छ ।
नेपालमा पनि बीवाइडी सर्वाधिक बिक्री हुने विद्युतीय ब्राण्ड हो । साइमेक्स इंकले बीवाइडीका आधा दर्जन मोडल बिक्री गर्दै आएको छ ।

