काठमाडौं । यामाहा मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
कम्पनीले जारी गरेको मूल्यसूचीका अनुसार मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको हो । नयाँ मूल्यसूचीमा स्कुटरको मूल्य ४ हजारदेखि मोटरसाइकलको मूल्यमा अधिकतम २० हजार रुपैयाँसम्मले वृद्धि गरेको छ ।
मोटरसाइकलतर्फ सबैभन्दा धेरै यामाहा एक्सटीजेड १५० को मूल्य बढेको हो । कम्पनीले यसमा २० हजारले वृद्धि गरेको छ ।
यस्तो छ नयाँ मूल्यसूची


