भोलिबाट विक्री सुरु हुँदै दुई नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । एनआईयूले भाेलिबाट नयाँ दुई स्कुटर भाेलिबाट विक्री सुरू गर्ने भएकाे छ । चिनियाँ ब्राण्डले नेपाली नयाँ वर्षको अवसर पारेर यूक्यूआईजीटी र एमक्यूआईजीटी दुई मोडल विक्री सुरु गर्न लागेकाे हो ।

एनआईयू इलेक्ट्रीकको नेपालका लागि आधिकारि विक्रेता कम्पनी इको इन्फिनिटीले यसअघि नै बैसाख पहिलो हप्ता यी दुई स्कुटर सार्वजनिक हुने जनाएकाे थियाे । कम्पनीले यी दुबै स्कुटर आफ्नो वेवसाइटमा डिस्प्ले गरिसकेको छ ।

एनआईयू यूक्यूआईजीटीको मूल्य नेपाली बजारमा २ लाख ४० हजार रुपैयाँ र एमक्यूजीटीको मूल्य ४ लाख ३० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । यद्यपी मूल्यको आधिकारीक जानकारी भने कम्पनीले दिएको छैन ।

एनआईयू यूक्यूआइजीटीमा १.५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसमा ४८ भोल्टको ब्याट्री छ । फुल चार्ज गर्न सात घण्टा लाग्ने यो स्कुटरले अधिकतम ७० देखि ८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पीड क्षमता ४५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा ब्याट्री रिजेनेरेटीभ फिचरसमेत उपलब्ध छ ।

 

त्यस्तै, एनआईयू एमक्यूआईजीटीमा ३ किलोवाट क्षमताको मोटर रहेको छ । दुई ब्याट्री अप्सनमा आउने यो स्कुटर एक पटक पूर्णरुपमा चार्ज गर्दा ९० देखि १३० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । यसको टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघन्टा रहेको छ ।


Back_to_top