यामाहाको नयाँ एड्भेन्चर ‘क्रसर १५०’

काठमाडौं । यामाहाले नयाँ डबल स्पोर्टस् मोटरसाइकल क्रसर १५० सार्वजनिक गरेको छ । ब्राजिलमा सार्वजनिक भएको क्रसर १५० स्टायडर्ड र जेड भेरियन्टमा सार्वजनिक गरेको हो ।

नेपाली बजारमा विक्री वितरण हुँदै आएको एफजेड एफआईमा आधारित रहेर तयार गरिएको एड्भेन्चर क्रसर १५० मा १४९ सीसी एयर कुल्ड एस२ भल्भ, सिंगल सिलिण्डर इन्जिन यसमा उपलब्ध रहेको छ । उक्त इन्जिनले ७५०० आरपीएममा १२.४ पीएस पावर र १२.७ एनएम टर्क प्रदान गर्छ ।

यो एड्भेन्चर मोडलमा फुल डिजिटल कन्सोल दिइएको छ । उक्त डिस्प्लेमा स्पीडोमिटर, टेकोमिटर, फ्यूल इन्डिकेटर, दुई ट्रिपमिटर, घडी, गियर पोजिसन इन्डिकेटर जस्ता सुचना पाउन सकिन्छ ।

क्रसर १५० एड्भेन्चर मोटरसाइकल चलाएर यात्रा गर्न सिक्नेहरुको लागि उत्कृट हुने कम्पनीले जनाएको छ । अगाडि १८० एमएमको लङ ट्राभल सस्पेन्सन र पछाडि १६० एमएमको ट्राभल सस्पेन्स रहेको छ ।

यामाहाले एड्भेन्चर लुक्सलाई आक्रमक बनाउन अगाडि १९ र पछाडि १७ इन्चको स्पोक ह्वील दिएको छ । दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध मोटरसाइकलमा सिंगल च्यानल एबीएस रहेको छ ।

यामाहा क्रसर १५० मा सिंगल पड एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, हाइ माउन्टेड एग्जस्ट जस्ता फिचर दिएको छ ।

नेपाली बजारमा अहिले पनि ब्राजिलमा विक्री हुँदै आएको एक्सटीजेड १५० मोडल विक्री हुँदै आएको छ । यसको मूल्य ५ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ ।

अहिले सार्वजनिक भएको मोटरसाइकल यामाहा एक्सटीजेड १५० को २०२३ भर्सन हो । यो मोटरसाइकल पनि नेपाल आउने छ ।


Back_to_top